Worldlink Communications

महेन्द्र माध्यमिक विद्यालयद्वारा ४५ जना सम्मानित, प्रक्रिया मिलाएर काम गरौ: सांसद दामोदर पौडेल 

कार्तिक ५, पोखरा

पोखरा महानगरपालिका वडा नं. १९, घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले नवदुर्गाको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान एवं सम्म्मान कार्यक्रम सम्पन्न गरेको छ।

शुभकामना आदान प्रदान एवं सम्म्मान कार्यक्रममा प्रमुख अतिथि क्षेत्र न.३ बाट विजयी संघीय संसद दामोदर पौडेल वैरागीले आफ्नो कार्यकालमा जनताले खोजेका विकास निर्माणका कार्यहरू के के हुन कसरी गर्न सकिन्छ आबस्यकताको आधारमा सबैकाम गर्नु पर्छ र गर्ने हो भन्नुभयो ।

पौडेलले हाम्रो क्षेत्रका अधिकाशं भाग गाम्रिण भएकोले यहा सोचे जस्तो विकास हुन नसकेको बताउनुभयो जस्ले गर्दा यो क्षेत्र पछि परेको क्षेत्रको रूपमा देखिएको हुनाले यस क्षेत्रलाइ देखिने गरि विकास गर्न को लागि योजनाहरु सहित कार्यान्वयनको लागी संघीय सरकारसँग अनुरोध गरेको वताउनु भयो ।

विद्यालयको  चौतर्फी विकासका गर्न को लागी सरोकार वालाहरु सँग समन्वयगरी वडा वाट सिफारिस भएका योजनालाई सफल बनाउदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तीनै तहका सरकार र स्थानियको समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कवितात्मक शैली मा शिक्षक रत्न रसाइलि ले सबै लाइ स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रवेशिका परिक्षामा सहभागी भई सत प्रतिशत नतिजा प्राप्त गरेको र हालसम्म पनि विद्यालयको नतिजा उत्कृष्ट रहेको प्रधानाध्यापक पौडेलले वताउनुभयो । विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले विद्यालयको भौतिक, शैक्षिक ,आर्थिक र सामाजिक विकास सङै अहिले देखिएका आबस्यकता र अवस्थाको वारेमा जानकारी गराउनुभएको थियो ।

महेन्द्र मा.वि.मा अध्ययन गरी डाक्टर तथा इन्जिनियरिङ विषय अध्ययन गरेका तथा साविकको लामाचौर गा.वि.स वडा नं. ७,८,९ र अर्मला–३, घर भई सोही विषय अध्ययन गरेका करिव ४४ जनालाई कार्यक्रमका प्रमुख अतिथी दामोदर पौडेल वैरागीले सम्मान को प्रमाणपत्र बिशिष्ट अतिथि वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले माला र समितिका अध्यक्ष पौडेलले सम्मानित ब्यक्तित्व हरुलाइ अबिराङकन गर्नुभएको थियो।

सोही अवसरमा परिवर्तन न्युज.कम का सम्पादक प्रकाश अधिकारी लाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्ति डा. रोशन पौडेल, विद्यालयका संस्थापक सल्लाहकार महेश्वर पौडेल, विद्यालय का सल्लाहकार डिल्लीराम पौडेल लगायतले विद्यालय कै ईतिहासमा राम्रो कामको सुरुवात भएकोमा प्रशंसा गर्दै, विद्यालयको चौतर्फि विकासमा सवैले आ आफ्नो ठाउँवाट सहयोग गर्नुपर्ने परिवर्तन न्यूज डटकम लाइ बताउनुभएको थियो ।

समितिका अध्यक्ष वैकुण्ठ पौडेलले हामी विद्यालय बनाउने महान सोच र उद्देश्यका साथ लागिरहेका हुनाले पहिलो चरणमा यो कार्यक्रम गरिएको र आगामी दिनहरुमा बिभिन्न कार्यालयका प्रमुख तथा सरकारी सेवाका अधिकृत हरुलाई सम्मान गर्ने कार्यक्रम राख्ने गरि निरन्तरता दिदैजाने बताउनुभएको थियो ।

स्मरणीय रहोस् बि .सं २०४७ सालमा एमाजी कल्चरल फाउण्डेसन जापानको सहयोग र शिक्षासेवी तोयनाथ पौडेलको सक्रियतामा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गरेका अधिकांस विद्यार्थी सरकारी तथा निजी क्षेत्रको उच्च निकायमा कार्यरत हुनुहुन्छ।

नेपालीहरुको महान चाड वडादशैं, तिहार, नेपाल सम्वत्, छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान समेत गरिएको कार्यक्रम लाइ भब्य र सभ्य रुपले बिधालयका सहायक  प्रधानाध्यापक नन्दराज दाहाल सन्चालन गर्नुभएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: