कास्कीको पुम्दीभुम्दीमा बस दुर्घटना, ११ जना घाइते

कास्कीको पुम्दीभुम्दीमा बस दुर्घटना, ११ जना घाइते

परिबर्तन न्युज
१२ कार्तिक २०८० बजे
परिबर्तन न्युज
१२ कार्तिक २०८०

कार्तिक १२, पोखरा

पोखरा १७ छोरेपाटन बाट पुम्दीभुम्दी-२२ जादै गरेको बस घैयाखेत मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

Advertisement:Ad
Advertisement:Ad

पोखरा १७ छोरेपाटन बाट शान्ती स्तुपा हुदै पुम्दिकोट जादै गरेको ग १ ख ८५८५ नम्बरको माइक्रो बस घैयाखेत एरियाको भिरबाट लगभग २० मिटर तल खसेर दुर्घटना भएको थियो।

उकालो उक्लिँदै गरेको बस पछाडि हटेर भीरबाट खस्दा ११ जना घाइते हुनुभएको छ। ११ जना मध्य ३ जना गम्भीर घाइते हुनुभएको सबैलाई उपचारका लागि पोखराका विभिन्न अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार वि क ले जानकारी दिनुभयो ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज