Top Header Ad 1

पोखराको वन क्याम्पस भित्रको मन्दिरबाट मुर्ति चोरी

पोखराको वन क्याम्पस भित्रको मन्दिरबाट मुर्ति चोरी

परिबर्तन न्युज
१४ कार्तिक २०८० बजे
परिबर्तन न्युज
१४ कार्तिक २०८०

कार्तिक १४, पोखरा

पोखराको क्याम्पस बन विज्ञान अध्ययन संस्थानको सरस्वति मन्दिर बाट दुईवटा मूर्ति मध्ये एउटा मूर्ति चोरी भएको छ ।

Advertisement:Ad

मन्दिरको आँखीझ्याल झिकेर मूर्ति चोरी भएको बताइएको छ । ठुलो र सानो गरी दुई वटा ढलौटको मूर्ति रहेकोमा मन्दिरमा ठुलो निकाल्न नसकेर सानो मूर्ति लगेको हुनसक्ने क्याम्पसका एक कर्मचारी बताउनुभयो।

झ्वाट्ट हेर्दा प्रवेश गेट र तल्लो गेटमा दुई जना सेक्युरिटी देखिन्छन। बिदाको बेला अझै दुई जना कर्मचारी राउन्डमा पनि हुन्छन् तरपनि  बेला पोखराको क्याम्पस बन विज्ञान अध्ययन संस्थान भित्र रहेका सरस्वति मन्दिर बाट मूर्ति चोरि हुनु आश्चर्यजनक भएको बताउनु भयो।

स्मरणीय त के छ भने बिगत देखिनै तार, मोटर, ल्याबको चापि नै फोरेर बाघको दाँत छाला लगायत धेरै सामानहरू चोरी भएका यस्ता इतिहास बग्रेल्ती भएको बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज