Worldlink Communications

भूकम्प पीडितलाई नेकपा एमालेले एक करोड रुपैयाँ सहयोग गर्ने

कात्तिक १८, काठमाडौं

नेकपा एमालेले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएकाे छ ।

जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएकाे एमाले प्रचार तथा प्रसारण विभागले जानकारी दिएको हो ।

नेकपा एमालेमा पार्टी सदस्यहरुबाट मासिक लेबी स्वरुप पैसा जम्मा हुने व्यवस्था रहेको हुनाले त्यहि संकलित आर्थिक रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नेकपा एमालेका नेताले हामी लाइ बताउनुभएको हो  ।

प्रतिक्रिया दिनुहोस्: