Worldlink Communications

चिनिबाट आयो भूकम्प पिडितलाई राहत सामग्री- हस्तान्तरण गृहमन्त्री श्रेष्ठलाई

कात्तिक २२ , पोखरा

आज जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर चिनियाँ २ वटा जहाज पोखरा आएक छन् ।राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।

चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेट आज बिहान पोखरा आइपुगेका छन् । सबै राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको सम्बन्ध आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैं साथ दिएको भन्दै चिनियाँ सरकार प्रति  खुसि व्यक्त गर्नु भएको थियो  ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आवश्यकताका आधारमा सामग्री पोखराबाट पठाउने जानकारी दिनुभएको छ भने गृहमन्त्रीको सचिवालयका अनुसार केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार वटा लामखुट्टे मार्ने औषधिहरू आज बिहान काठमाडौं आइपुगेका गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: