Worldlink Communications

टिकटक प्रतिबन्धको मुद्दामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ, अन्तरिम आदेश दिन अस्वीकार

मंसिर ५ ,पोखरा

टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ ।

सर्वोच्चले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा १० भन्दा बढी रिट दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: