निर्मलपोखरीमा कौडा खेल्दै गरेको अवस्थामा १६ जना प्रहरी नियन्त्रणमा

निर्मलपोखरीमा कौडा खेल्दै गरेको अवस्थामा १६ जना प्रहरी नियन्त्रणमा

परिबर्तन न्युज
१२ मंसिर २०८० बजे
परिबर्तन न्युज
१२ मंसिर २०८०

मंसिर १२ , पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२१ निर्मलपोखरीको मैदानमा जुवा कौडा खेल्दै गरेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिएको छ।

Advertisement:Ad

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार उनीहरू कौडा खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट राती नै प्रहरी टोली परिचालन भएको थियो। सोही क्रममा सोमबार राती करिब साढे एक बजेको समयमा उनीहरूलाई नगद पाँच लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमा पोखरा महानगरपालिका–३३ भरतपोखरीका ३८ वर्षीय सन्तोष गुरुङ, ३३ वर्षीय रामचन्द्र आचार्य, ४६ वर्षीय राम के।सी, पोखरा–६ का सञ्जीव अधिकारी, ४० वर्षीय राम ढकाल, ६४ वर्षीय वीर बहादुर लामिछाने, ४० वर्षीय मोहन बहादुर गुरुङ, पोखरा–१७ बिरौटाका ४० वर्षीय प्रकाश पोख्रेल, ४० वर्षीय जीवन शाही, ४६ वर्षीय कृष्ण प्रसाद भण्डारी, ३० वर्षीय कुमार भण्डारी, ३८ वर्षीय गौतम गुरुङ, पोखरा–२१ का ४८ वर्षीय होम बहादुर रानाभाट, ४० वर्षीय टङ्क बहादुर कार्की, २३ वर्षीय अनीश श्रेष्ठ र पोखरा–१० का ६३ वर्षीय मीन बहादुर बरुवाल रहेका छन्।

पक्राउ परेकाहरू माथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विकले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै