Worldlink Communications

केभ सिटि पर्यटन सहकारी संस्था लि.को अध्यक्षमा सर्वसम्वत बेनी बाहादुर बस्नेत निर्वाचित

मंसिर १६ , पोखरा

केभसिटि पर्यटन सहकारी संस्था लि को चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बेनी बाहादुर बस्नेत सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ।

संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बेनी बाहादुर बस्नेत- अध्यक्ष, वरिष्ठ उपाध्यक्ष- दुर्गालाल श्रेष्ठ, उपाध्यक्ष- प्रकाश थापा, सचिव- तुलबहादुर बस्नेत, सहसचिव- चन्द्र कुमारी देवकोटा, कोषाध्यक्ष-मोहन बहादुर थापा, सह कोषाध्यक्ष- प्रकाश भट्टराई र सदस्यहरुमा केदारनाथ अधिकारी, कुमार श्रेष्ठ, बलराम तिमिल्सिना,यम बहादुर खवास, गंगा कार्की सर्वसम्मत चयन हुनुभएको हो।

केभ सिटि पर्यटन सहकारीको आफ्नै केभ सिटि गार्डेन रेष्टुरेन्टको प्राङ्गणमा आज भएको पहिलो खुल्ला सत्र कार्यक्रम को अध्यक्षता संस्थाका बेनी बहादुर बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अथिति पूर्व पोखरा महानगरपालिकाका मेयर एवं पूर्व प्रदेश संसद कृष्णबहादुर थापाले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा पूर्व प्रदेश मंत्री कुमार खड्काले गर्नुभएको थियो त्यस्तैगरि विभिन्न सहकारी र सङ्घसंस्थाका अध्यक्ष वा प्रतिनिधिहरुको आतिथ्यतामा भएको सो कार्यक्रम लाई संस्थाका सहसचिब चन्द्रकुमारी देवकोटा ले भव्य र सभ्य रुपले सञ्चालन गर्नुभएको थियो ।

प्रमुख अतिथि कृष्णबहादुर थापा र बिषेश अतिथि कुमार खड्काले पर्यटन सहकारी अन्य सहकारी जस्तो नभएको र यस सस्थाले बृहत् स्थान ओगटेको हुनाले यो सहकारी ले पर्यटकीय क्षेत्रलाई प्रमुखता दिदै रोजगार सिर्जना गर्नुपर्ने जस्ता बिषयहरुमा जोड दिइ अगाडि बढनुपर्ने सहकारी भएको हुनाले वार्षिकरुपमा कति बोनस पाइयो भन्ने प्रश्न आउन नहुने विचार राख्नु भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्: