Worldlink Communications

राजा महात्मा पूर्णभद्र मा.वि.को स्वर्ण जयन्ती मनाउने तयारी तिब्र गतिमा

मंसिर २३, बर्दघाट

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं.-९,पन्चनगरमा अवस्थित श्री राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयले बिबिध कार्यक्रम सहित पाैष १५ गते देखि २१ गते सम्म स्वर्ण जयन्ती मनाउने भएको छ।

स्वर्ण जयन्ती कार्यक्रम लाइ भब्य र सभ्य तरिकाले मनाउनको लागि बिधालयले ब्यबस्थापनले यस क्षेत्रका विभिन्न क्षेत्रमा काम गरिरहनु भएका अग्रज व्यक्तित्वहरू संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, पूर्व सांसद, जनप्रतिनिधिहरु बर्दघाट नगरपालिका वडा नं. ८, ९, १० र ११ का वडा अध्यक्ष सदस्य हरु, सविक पंचनगर अन्तर्गतका राजनितीक दलका प्रतिनिधि हरू , दानदाताहरू, सम्पूर्ण अभिभावकहरू, पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु, पूर्व शिक्षक अभिभावक संघका पदाधिकारीहरु, पूर्व शिक्षक तथा कर्मचारीहरु, वर्तमान शिक्षक अभिभावक संघका पदाधिकारीहरु, साविक पंचनगर अन्तरगत रहेका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी तथा बुद्धिजीवीहरु, विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु सबैमा स्वर्ण महाेत्सव भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्नकाे लागि पत्रचार गरिएको थियो।

राजा महात्मा पूर्णभद्र मा.वि. पंचनगरकाे स्वर्ण महाेत्सव मनाउने पूर्वार्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम बर्दघाट नगरपालिका वडा न. ९ काअध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षता मा भएको कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदाय बिच बाट २०८० साल पाैंष १५ गते देखि पौष २१ सम्म हुने कार्यक्रम भव्य र सभ्य रूपमा मनाउनको लागि संविधान सभासदस्य माननीय बिक्रम खनालकाे संयाेजकत्वमा मुलसमारोह समिति सर्व सम्मत गठन गरेको छ। विक्रम खनालकै संयोजकत्वमा ५९ सदस्यीय सचिवालय गठन गरिएको छ।२६ वटा उपसमिति निर्माण गरिएको छ जसमा संयोजक हरू पदेन् सदस्य हुनुहुन्छ। महत्वपूर्ण निर्णय र काम गर्न सजिलो होस भनेर स्टेरिङ कमिटी निर्माण गरिएको छ जसमा संयोजक बिक्रम खनाल र सदस्यहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईं, बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, उपमेयर रुद्रप्रकाश उपाध्याय, केयर सिंह कुँवर ,यज्ञ खनाल ,विजय कुमार फौजदार ,टुकप्रसाद बस्याल, दामोदर घिमिरे, गिरिराज रेग्मी र महासचिव विद्यालयका प्रधानाध्यापक पुष्पराज अधिकारी सहितको स्टेरिङ कमिटी निर्माण गरेको छ ।

स्वर्ण जयन्ती मनाउने अवसरमा विद्यालयले स्वर्ण जयन्ती स्तम्भ निर्माण गर्दै छ भने विद्यालयले स्वर्ण जयन्तीकै अवसरमा स्मारिका प्रकाशन गर्नको लागि सम्पूर्ण भूतपूर्व विद्यार्थी शिक्षक अभिभावक सबै संघ संस्थाहरुबाट आफ्नो उत्कृष्ट विद्यालय प्रतिको समर्पित भावना सहितको लेखको अपेक्षा पनि गरेको छ। यहि पौष १५ गते देखि विविध कार्यक्रमहरु गर्दै २१ गतेसम्मका कार्यक्रमहरूको तयारी तीव्रगतिमा भै रहेको विद्यालयका प्रधानाध्यापक पुष्पराज अधिकारी ले बताउनुभयो।

विशेषगरी स्वर्ण जयन्ती को शुभ अवसरमा विद्यालयलाई आफ्नो तर्फबाट सहयोग गर्ने दानदाता चन्दादाताहरूलाई सम्मान गर्ने कार्यक्रमहरूदेखि लिएर पूर्व विद्यार्थी पूर्व शिक्षक पूर्व विद्यालयलाई योगदान गर्ने सम्पूर्ण आदरणीय व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। त्यस्तैगरी विभिन्न विविध कार्यक्रमहरूको तर्फ खुला भलिबल प्रतियोगिता , रसाकसी प्रतियोगिता म्युजिकल चेयर्स जस्ता प्रतियोगिता विशेषगरी बिधार्थी विद्यार्थीहरु बीचमा प्रतिस्पर्धा  र विद्यालय विद्यालय बीच प्रतिस्पर्धा गरिने छ भने साविक पन्चनगर गाउ विकास समिति अन्तर्गतका वार्ड कार्यालय ८, ९ ,१० र ११ वार्ड बिच वडास्तरीय प्रतिस्पर्धा गराइने विद्यालयका शिक्षक छवि आचार्यले जानकारी दिनुभयो।

यहि पौष १५ गतेबाट मनाउन लागिएको विद्यालयको स्वर्ण जयन्ती कार्यक्रमको लागि सम्पूर्ण काम हरु तीव्र गतिमा भइरहेको छ भने प्रमुख अतिथि, अतिथि, अभिभावक भूतपूर्व विद्यार्थी ,सङ्घ संगठन ,संघ संस्थाहरू सामाजिक व्यक्तित्व र पार्टी प्रतिनिधिहरु लगाएतका सबै लाइ पत्राचार गर्ने कार्य तीव्र गतिमा भइरहेको छ आजको दिनसम्म करिब ६०% काम सकिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले जानकारी दिनुभयो।

स्वर्ण जयन्तीको शुभ अवसरमा प्रमुख अतिथिको रूपमा सकेसम्म विद्यालयले राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्री र मुख्यमन्त्री हरुलाई आफ्नो प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथिहरूको रूपमा हेरेको र त्यही तयारीमा लागेको स्वर्ण जयन्ती समारोहका प्रमुख संयोजक बिक्रम खनालले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्: