Worldlink Communications

सच्चाई केन्द्र नेपाल पोखराले जाजरकोट भुकम्प पीडितहरुलाइ सहयोग गर्यो

मंसिर २५, जाजरकोट

सच्चाई केन्द्र नेपाल पोखराले आज भुकम्प पीडितको लागी  जाजरकोट भेरी नगर पालिका १ कोल्चौर चौर  कुनिक खहरे रावत गाउँमा राहत बितरण  गरेको छ ।

सच्चाई केन्द्र नेपाल का केन्द्रीय अध्यक्ष प्रकाश दिप गैरे लगायतको टिम जाजरकोटको भेरी नगर पालिका १ कोल्चौर चौर कुनिक खहरे रावत गाउँमै पुगेर राहत बितरण गरेको छ।

भूकम्प पीडितहरूकोलागि आवश्यक पर्ने लत्ताकपडाहरु ब्ल्याङ्केट ज्याकेट लगायतका न्यानो कपडाहरू छन् भने खानको लागि २०० कट्टा दाल  २००बोरा चामल  २०० प्याक तेल  नुन सहित का सामग्री हरु बितरण गरियको थियो।

भूकम्प पीडितहरूका लागि  लगाउने न्यानो कपडा मा ज्याकेट ओड्नेमा ब्ल्याङ्केट र खाने कुराहरूमा तेल चामल नुन जस्ता दैनिक आवश्यक पर्ने सामग्री मिलाएर पीडितलाई बितरण गरेर मानवीय सहयोग गर्नुहुने आत्मिक मनहरूलाई जाजरकोट भुकम्प पीडित को तर्फबाट गिता चनहराले सच्चाई केन्द्र नेपालका अध्यक्ष प्रकाशदिप गैरे को टिमलाई लाइ धन्यवाद दिनुभएको थियो।

सच्चाई केन्द्र नेपालका बिभिन्न शाखाहरुबाट  जुटाएको भूकम्प पीडितहरूको लागि सहयोग र तिहारमा सच्चाई केन्द्रको केन्द्रीय कार्यालय पोखरा बगरमा खुतुर्के देउसी भैलो खेलेर जुटाएको पैसाले हामीहरु जाजरकोट आएर भूकम्प पीडितहरुलाई सहयोग गर्न सामर्थ्य हुनसकेको  सच्चाई केन्द्र नेपालका अध्यक्ष प्रकाशदिप गैरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: