Worldlink Communications

देसको गौरव अनि हाम्राे गौरव-विन्ध्यवासिनी माध्यमिक विद्यालय

मंसिर २६, भक्तपुर

शिक्षा बिकास तथा मानवस्रोत बिकासकेन्द्र सानोठिमी भक्तपुरले २०८० मा ७ प्रदेशका उत्कृस्ट विद्यालयकाे स्थलगत अनुगमन गरी असल अभ्यासहरूको मूल्याङ्कनको आधारमा विन्ध्यवासिनी माध्यमिक विद्यालय पोखरा-१६ बाटुलेचौर प्रथम भएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ,शैक्षिक गुणस्तर मापन केन्द्र भक्तपुरले गरेकाे विद्यालय कार्यसम्पादन मूल्याङ्कन २०७९ रिपोर्ट अनुसार देशभरीमा प्रथम भएको यो विद्यालय पुन अर्को फरक सूचकका आधारमा शिक्षा बिकास तथा मानव स्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरले २०८० मा ७ प्रदेशका उत्कृस्ट विद्यालयकाे स्थलगत अनुगमनमा असल अभ्यास र मूल्याङ्कनको आधारमा  गण्डकी प्रदेशको प्रथम र नेपालको दोश्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

प्रधानध्यापक कृष्णप्रसाद आचार्य भन्नुहुन्छ हाम्रो विन्ध्यवासिनी माध्यमिक विद्यालयले गण्डकी प्रदेशको प्रथम मात्र होइन नेपालकै प्रथम हुनुपर्ने हो। दोश्रो हुनुमा हाम्रो बिधालय सग  प्रयाप्त खेल मैदान नहुँदा ०.२ अङ्क कम आउदा दोस्रो भएको सहजै बुझ्न सकिन्छ भन्नुभयो।

हाम्रो बिधालय यो बिधामा प्रथम हुन नसकेको खेल मैदाननै प्रमुख कारण हो भने आगामी दिनमा बिधालय व्यवस्थापन समितिले पढाई सङगै खेलको पनि उत्तिकै महत्व छ भन्ने बुझेर खेल मैदानको आबस्यकता कसरी पुरा गर्न सकिन्छ भन्ने विषयमा हामी गम्भीर भएर लाग्ने छौ र यो बास्तबिकता बाट टाढा कोही पनि भाग्न नसक्ने बिधालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त भट्टराईले हामिलाइ बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: