Worldlink Communications

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष दोस्रो भलिबल कप २०८० पौष २६ देखि

मंसिर २८, हेमजा

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष दोस्रो भलिबल कप २०८० पौष २६ गते देखि २८ गते सम्म आयोजना हुने भएको छ ।

स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मुलनाराका साथ माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना वडा न. ३ कार्यालय घाचोकको समन्वय र भलिबलसघ माछापुच्छ्रे कोे व्यवस्थापनमा माछापुच्छ्रे–३,घाचोक मेधराज मा.वि.को प्राङ्गण मा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँ पालिका लाई चिनाउने उदेश्यका साथ आयोजना गर्न लागिए को प्रतियोगिता आज पोखराको” द भिलेज” रेस्टुरेन्ट मा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयो।

खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले एकमुष्ठ ९ लाख रुपैयाँ विनियोजन गरेको र गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले जानकारी दिनुभएको थियो ।

गाउँपालिका सामाजिक विकास समिति संयोजक हरि ब.क्षेत्रीले खेल अवधिका लागि आयोजकले सहभागी खेलाडीहरुको विमा गर्ने जानकारी दिनुभएको थियो ।

प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने सेमिफाइनलमा उपविजेता (२ टिम ) लाई रु ५०/५० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पत्र गर्ने माछापुच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले जानकारी दिनुभएको थियो ।  ।

त्यस्तैगरी विधागत तर्फ उल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७/७ हजार प्रदान गरिने छ भने प्रतियोगिता सञ्चालन गर्न का लागि १२ लाख ८३ हजारजति लाग्ने आयोजकले अनुमान गरिएको जानकारी दिनुभएको थियो ।

पौष २३ गते दिनको ठिक ४ बजे भित्र टिम दर्ता गरिसक्नु पर्ने साथै पौष २५ गते खेल तालिका सार्वजनिक गरिने आयोजकले बताएको छ भने टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको र टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको जानकारी पत्रकार भेटघाटमा कार्यक्रम मा दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: