Worldlink Communications

भारती भबन माध्यमिक विद्यालयले ६९ औं वार्षिकोत्सव मनायो

मंसिर २९, पोखरा

पोखरा महानगरपालिका वडा नं.१९ मा अवस्थित भारती भबन माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव एबम पुरस्कार वितरण, अभिभाबक दिवस तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाएको छ।

विद्यालय व्यवस्थापन समितीका जेष्ठ सदस्य कोमल प्रसाद बास्तोला को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगपालिका वडा न .१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गर्नुभएको थियो। अतिथिहरु जग्गादाता र चन्दा दाताहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, वडा सदस्यहरू, पुर्व व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व प्र.अ हरु, छिमेकी विद्यालयका प्र अ. हरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु को आतिथ्यतामा भएको कार्यक्रम बिधालय का शिक्षक मिनराज ढुंगानाले संचालन गर्नुभएको थियो।

बिधालयका सहायक प्रधानध्यापक भरत राज आचार्य ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यार्थी को तर्फबाट स्मृति पौडेल ,अभिभावक को तर्फबाट बुद्धिकला बास्तोला , अक्षय कोष दाता हरुको तर्फ बाट राम गिरी ,छिमेकी विद्यालय को तर्फबाट विन्देश्वरी मा .वि का प्र .अ श्रीराम आचार्यले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।

विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू ने. क. पा एमाले गण्डकी प्रदेश समितिका सदस्य अर्जुन अधिकारी ,नेकपा माओवादी महानगर कमिटी एबम् चेम्बर अफ कमर्स महानगर समितिका अध्यक्ष सविन जी. सि. नेपाली कांग्रेसको तर्फबाट जिल्ला कार्य समितिका सह सचिव शंकर ढुंगाना लगायत ले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

विद्यालयका प्रधानाध्यापक कृष्ण हरी ढकालले बिद्यालय को वार्षिक प्रतिवेदन र लेखा शिक्षक इन्द्र प्रसाद गौतम बाट वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने शैक्षिक पुरस्कार वितरण सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरि बार्षिक उत्सव मनाएको थियो।

कार्यक्रमको प्रमुख अतिथि महानगपालिका वडा न -१९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालयको समग्र हितको निम्ति आफूले सक्दो सहयोग गर्ने विद्यालयमा राजनीतिक गर्न नहुने विद्यालयहरू सबैका सार्वजनिक सम्पत्ति भएको हुनाले यसलाई जोगाउनको निम्ति सबै एकैबद्धता भएर लाग्नुपर्ने बताउनुभएको थियो।

विद्यालय व्यवस्थापन समिती का जेष्ठ सदस्य कोमल प्रसाद बास्तोलाले विद्यालयकाे माहन पर्वको दिन उपस्थित हुनुहुने र सफल पार्न सहयोग गर्नुहुने प्रमुख अतिथि सम्पूर्ण विशिष्ठ अतिथि तथा अतिथि र अविभावक ज्यूहरुलाइ विद्यालय को तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: