Worldlink Communications

कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान अर्पण कार्यक्रममा  तीनजना पत्रकारलाइ सम्मान

पौस ४ ,पोखरा

सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री  नेपाली कांग्रेसका सभापती देउवाले पत्रकारितामा सुधार र बिस्वासको खाँचो रहेको बताउनु भयो  ।

पत्रकारितामा ‘ब्याड न्यूज ईज गुड न्यूज फर मिडिया’ मान्ने प्रचलन रहेकोले पत्रकारिता पनि राजनीतिमा जस्तै  सुधारको खाँचो भएको बताउनु भयो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारितामा नियमन जरुरी रहेकोले पत्रकारितामा अहिले स्वतन्त्रता नाममा छाडातन्त्र रहेको बताउनु भएको थियो। गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ तर स्वतन्त्रताका नाममा पत्रकारितामा छाडातन्त्र स्वीकार्न सकिदैन भन्नु भयको थियो ।

सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण कार्यक्रममा  पत्रकारिता वृत्ति सम्मानबाट बरिष्ठ पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मान गरिएको हो । नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न गरिएको हो । सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,गण्डकी प्रदेशका  स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, संघका पूर्व अध्यक्षहरु बद्री विनोद प्रतीक, पून्य पौडेल, पुरस्कार दाता परिवारका तर्फबाट केसी परिवारका सदस्यहरु किरण केसी, प्रकाश केसीलगायतले ताम्रपत्र, दोषल्ला, खादा र माला लगाएर सम्मान गरिएको थियो  ।

प्रतिक्रिया दिनुहोस्: