जंगलमा घाँस काट्न गएका सासु-बुहारी जंगलमा मृत भेटिए

जंगलमा घाँस काट्न गएका सासु-बुहारी जंगलमा मृत भेटिए

परिबर्तन न्युज
९ पुष २०८० बजे
परिबर्तन न्युज
९ पुष २०८०

पौष ९ ,नवलपरासी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-१ , ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल जंगलमा घाँस काट्न गएका दुवै मृत फेला परेका छन्।

Advertisement:Ad
Advertisement:Ad

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलका अनुसार  खहरे जङ्गलमा घाँस काट्न गएका सासू बुहारी घर नफर्किए पछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव जंगलमा भेटिएको बताउनु भयो ।

आइतबार राति नै उहाहरुको खोजी गर्न प्रहरीसहित ६० जनाको टोलीले जङ्गलको खहरे ढिकमा दुवैको शव भेटिएको डिएसपी पौडेलले जानकारी दिनु भयो ।मनादेवी पौडेलको शरीरको पछाडिको भागमा र विष्णु पौडेलको बायाँ कम्मरमा चोट देखिएको डिएसपी पौडेल ले बताउनुभयो।

Advertisement:Ad
Advertisement:Ad

घटना संगै दुवै जनाको एकै पटक मृतु के कसरी भएको हो भन्ने  कुरा पोस्टमाटम को  रिपोर्टपछि मात्र  थाह हुने डिएसपी पौडेल ले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) प्रहरी कार्यालयले  जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज