Worldlink Communications

क्रिश्चियन धर्मावलम्बीहरुले आज ‘क्रिसमस डे’ मनाउँदै

 पौष ९, काठमाडौं

आज नेपाल लगाएत विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियालीमा क्रिश्चियन धर्मालम्बीले आफ्नो  परम्पराअनुसार मनाउने गर्छन । क्रिसमसका अवसरमा पोखरा ,काठमाडौँ, ललितपुर, भक्तपुर,बीरगंज र नेपालगञ्ज लगायतका शहरहरुमा विशेष प्रकारले मनाउने गरिन्छ भने  बजार तथा ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ।

करिब दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशु ख्रिष्टको जन्म भएको मानिन्छ त्यसो त  येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ। ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

येशु ख्रिष्टले मानव समुदायमा पुर्‍याएको अतुलनीय  योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ। क्रिसमस डेमा येशुको उपदेश मनन गर्नाका साथै प्रेम प्रकट गर्दै  शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ।

 

प्रतिक्रिया दिनुहोस्: