Worldlink Communications

श्री लामाचौर महिला विकास बचत तथा ऋण सहकारीको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न अध्यक्ष-रेणुका आचार्य

पौष ११, पोखरा

श्री लामाचौर महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-१९ लामाचौर कास्कीको दशौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्ष रेणुका आचार्य लगायत सम्पूर्ण टिम सर्वसम्मत निर्वाचित हुनुभएको छ।

आज भएको अधिवेशनबाट अध्यक्षमा रेणुका आचार्य, उपाध्यक्ष कल्पना भण्डारी, सचिव लक्ष्मी पाण्डे, कोषाध्यक्षमा जसोधा भण्डारी र सदस्यहरूमा सरिता के सी, निरा बिक, सारदा आचार्य, सुमित्रा केसी र पौडेल पवित्रा पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।लेखा समितिको संयोजकमा कोपिला पौडेल बास्तोला सदस्य हरूमा रूपा के सी र चन्द्रकुमारी बि क सर्वसम्मत निर्वाचित हुनुभएको छ।

लामाचौर महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शकुन्तला केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी सङ्घ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले गर्नुभएको थियो। विशेष अतिथिमा कास्की जिल्ला सहकारी संघका कोषाध्यक्ष एवम हितैसी बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष शेरबहादुर कार्कीले गर्नुभएको थियो भने  छिमेकी सहकारीहरूका अध्यक्ष / प्रतिनिधिहरूको आतिथ्यतामा भएको कार्यक्रम संस्थाका सचिव कल्पना भण्डारीले सञ्चालन गर्नुभएको थियो।

प्रमुख प्रमुख अतिथि सावित्री कोइरालाले अहिले सहकारीहरूलाइ हेर्ने सबैको मनमा अविश्वास पैदा गर्ने  बातावरण बनेको छ केही बाहिरबाट आएका व्यक्तिहरूबाट खुलिएका सहकारीहरूले गरेको नियतपुर्ण बदमासिले गर्दा स्थानीय व्यक्तिहरूको पहुँचमा रहेको सहकारीहरुलाई पनि बदनाम गराउने काम भएको छ जुन दुखद भएको बताउनुभयो। स्थानीय पहुँचभन्दा बाहिरबाट आएका व्यक्तिहरूबाट खोलिएका सहकारीको सदस्य बन्न नहुने बताउँनु भयो। सहकारीका सिद्धान्तहरू पालना गर्दै अगाडि बढेका सहकारी हरु कहिले पनि केही नहुने अगाडि बढ्दै जाने बताउनुभयो। अझै विशेषगरी महिलाहरू द्वारा खोलिएका वा महिलाले नेतृत्व गरेका सहकारीहरू बढिनै जिम्मेवारीपूर्ण तरिकाले अगाडि बढेको देखिन्छ भने अझै इमान्दार बनेर काम देखाउनको लागि सदस्य तथा कार्यरत कर्मचारी ले विभिन्न किसिमका सहकारीका तालिमहरू लिइ थप जिम्मेवार बन्नुपर्ने बताउनुभयो।

त्यस्तैगरी विशेष अतिथिको कास्की जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष एवं हितैशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीले सहकारी भनेको सहकार्य गरेर सगै हिँड्ने हो भन्ने कुरालाई आत्मसाथ गर्दै अगाडी बढ्न सकेमा सहकारीहरु प्रति सबैको बिस्वास बढने बताउनुभयो। सहकारी तलमाथि पर्नुमा सहकारीका सदस्यहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो। सबै सहकारीका सदस्यहरुले आफ्नो संस्थाप्रति उत्तिकै माया ममता देखाउनुपर्ने चासो खाँचो लिनुपर्ने बताउनुभयो। सहकारीका सञ्चालकहरु सात सिद्धान्तहरू फलो गर्दै अगाडि बढ्ने हो भने कहिल्यै पनि कसैले पनि सहकारीमाथि प्रश्न चिन्ह खडा गर्न नसक्ने बताउनु भयो।

पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा सदस्य दुर्गा बस्नेतले सहकारीहरूको मूल्य मान्यता र मर्मअनुसार चल्नको लागि सुझाव दिनुभएको थियो भने आमा दिदी बहिनीहरूले दुःख गरेर कमाएको पैसा जतन गर्ने र आवश्यक पर्दा खर्च गर्ने माध्यमको रुपमा महत्त्वपूर्ण भूमिका खेलेको सहकारी आज हाम्रो सहकारी बन्न पुगेको छ भन्नुभयो।

कार्यक्रमको अन्तमा धन्यवाद सहित कार्यक्रमको अध्यक्षता गरिरहनु भएका शकुन्तला केसीले कार्यक्रमको पहिलो सेसन अर्थात् खुला सेसन सकिएको घोषणा गरे सँगै बन्द सेसनबाट बनेको नया  समितिलाई पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले टिका अविर र खादा लगाउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: