Top Header Ad 1

पोखरा महोत्सवमा भोली राजु परियार र लाहुरेको प्रस्तुती रहने महोत्सवमा फोटो खिचाउनेको भीड

पोखरा महोत्सवमा भोली राजु परियार र लाहुरेको प्रस्तुती रहने महोत्सवमा फोटो खिचाउनेको भीड

परिबर्तन न्युज
२९ पुष २०८० बजे
परिबर्तन न्युज
२९ पुष २०८०

पौष २९ ,पोखरा

पोखराको अमरसिंह चौरमा आज चौथो दिन समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिनु भएको छ भने महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको थियो ।

Advertisement:Ad

पोखरा महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्विर लिनेहरुको भिड लागेको थियो भने भोली माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत समेत गर्ने आयोजकले हामिलाइ बताउनुभएको छ । 

आजको पोखरा महोत्सवमा समिक्षा अधिकारी संगै राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिनु भएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयो ।

भोलि सोमबार देखि पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने बताइए अनुसार बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका मावि विच प्रतिस्पर्धा रहने छ । त्यसैगरी माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याण बिच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा, राष्ट्रिय मावि र पटनेरी मावि बिच प्रतिस्पर्धा रहनेछभने माघ ६ गते कास्की मोर्डनाइज्ड, अक्सफोर्ड, ज्ञानज्योती, अमरसिंह अंग्रेजी स्कुल, र अञ्जुली बार्डिङ स्कुल बिच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु गुरुङले जानकारी दिनुभएको हो ।

भोलि १ गते सोमबार हुने पोखरा महोत्सवमा लोकदोहोरी तर्फ राजु परियार, सिम्रन परियार, प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपालीको प्रस्तुती रहनेछभने सांझको लाइभ ब्याण्ड तर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुती रहने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज