Worldlink Communications

होमस्टेको प्रवद्र्धनमा संञ्चारकर्मीको महत्वपूर्ण भूमिका भएको :दामोदर पौडेल

माघ ६,पोखरा
होमस्टेमा आउने आन्तरीक वा बाह्य पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउन र ग्रामीण परिवेश देखाउन सके मात्रै स्थानीयले रोजगारीसंगै आर्जन गर्न सक्नेमा जोड दिइएको छ ।
पछिल्लो समय होमस्टेमा बास बस्न जानेहरुको संख्या ह्वत्तै बढेको छ ।
नेपालका ग्रामीण क्षेत्रमा खोलिएका होमस्टेहरु  आन्तरीक पर्यटकले भरिभराउ हुने थालेका छन् । सहरको कोलाहाल र व्यस्त जीवनबाट केहिसमय भएपनि  आनन्द दिलाउने ग्रामीण परिवेशमा रहेर आनन्द लिन होमस्टेमा जानेहरुको संख्या बढेको सहजै अनुमान  गर्न सकिन्छ।
विशेष गरी शुक्रबार, शनिबार र अन्य विदाका दिनमा होमस्टेमा आउनेहरुको संख्या बढेको पोखरा महानगरपालिका वडा नम्वर १६ मा रहेको रिंन्जे नाँसा होमस्टेका अध्यक्ष एवं सञ्चालक शमशेर बहादुर गुुरुङले बताउनुभयो ।उहाका आनुसार  होमस्टेले रोजगारी र आयआर्जन दुवै हुने भएकाले ब्यवस्थित रुपमा सञ्चालन गर्दा रोजगारीकालागि विदेशमा भौतारिनुु नपर्ने बताउनु भयो ।सञ्चालक शमशेर बहादुर गुुरुङ ५० जनासम्मलाई सेवा दिनसक्ने गरी होमस्टे सञ्चालन गरेको होमस्टेमा प्रेस क्लब गण्डकीले आफनो बार्षिक साधारणसभाको अवसरमा ‘आन्तरिक पर्यटन प्रर्वद्धनमा होमस्टे र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेर राम्रो संदेश दिएको बताउनु भयो।
कार्यक्रममा बोल्ने अधिकांश ब्यक्तिहरुले स्थानी उत्पादन, मौलिक कला र संस्कृति पस्कन सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नसकिनेमा जोडदिनु भएको बताउनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले अन्तरक्रिया कार्यक्रममा बोल्दै  होमस्टेमा गरिएको स्वागत र गाउँको विशेषताको बारेमा दिइएको जानकारीबाट प्रभावित भएको बताउनु भएको थियो। होमस्टे व्यवसायको विकासको लागि स्थानीयवासीलाइ परेका समस्याहरुलाई सुस्म तरिकाले  सम्बोधन  गर्नकोलागि आफुले उपयुक्त भूमिका खेल्ने बताउनु भएको थियो । पुराना संस्कार संस्कृति र भाषा लोप हुने अवस्थामा पुगेकोले तिनको संरक्षणका लागि सबै जुट्नुपर्ने बिषयमा पनि सबै गम्भीर हुनुपर्छ भन्नुभयको थियो ।
नेपालमा बढदो पश्चिमा संस्कृतिको हस्तक्षेपका कारण नेपालीपन हराउदैँ गएकोले ग्रामीण क्षेत्रको पहिचान जोगाउन चुुनौति रहेको आजको परिवेशमा आगन्तुक संगै रैथाने शब्द भातृभाषा जोगाउन नसकिने अवस्थामा अभिएको धरातलबाट ,देशको समृद्धि पर्यटन सँग जोडनु पर्ने भएकाले गाँउहरुलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न जरुरी रहेको बताउनु भएको थियो । होमस्टेको प्रचार प्रसारमा सञ्चारकर्मी  र सञ्चार माध्यमको भुमिका महत्वपूर्ण रहेको सञ्चार माध्यमले प्रचार नगर्ने हो भने कहाँ के छ भन्ने जानकारी नहुने बताउदै पर्यटन प्रवद्र्धनमा पत्रकारीता क्षेत्रले सकरात्मक भुमिका खेल्नुुपर्नेमा जोडदिनुभएको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्रेस क्लब गण्डकीका सल्लाहाकार सरिता तिमिल्सिना पंगेनीले होमस्टेले पर्यटन प्रर्वद्धनमा निकै महत्वपूर्ण भुमिका खेलेको बताउदै प्रचार प्रसार का लागि पत्रकार हरुले सहयोग गर्ने बताउनु भएको थियो।उहा ले पत्रकार ले होमस्टे का सकरात्मक विषयलाई प्रकाशन गरेर आन्तरीक तथा बाह्य पर्यटक समक्ष पुर्याउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भएको थियो।
प्रेस चौतारीका केन्द्रीय महासचिव एवं क्लबका सल्लाहाकार सुुष्मा पौडेलले पछिल्लो समय होमस्टेहरु आन्तरीक पर्यटकको रोजाईमा पर्ने गरेको बताउदै स्थानीय उत्पादन र मौलिक संस्कृतिले आर्थिक विकासमा टेवा पुुग्ने बताउनु भएको थियो। पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले ग्रामीण परिवेश, त्यहाँको रहनसन, कला र संस्कृति बुुझाउन होमस्टे महत्वपूर्ण माध्यम बनेको बताउदै स्थानीयले आर्थिक रुपमा समेत फाइदा दिनसक्ने बताउनु भएको थियो । पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले पत्रकारिताका माध्यमबाट ओझेलमा परेका तर सम्भावना बोकेका गाँउहरुको प्रचारमा भुमिका खेल्ने बताउनु भयो ।
पोखरा १६का वडासदस्य रामचन्द्र आचार्यले ग्रामीण क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारवीच समन्वय सहकार्य गरेर आगडि बढनुपर्ने बताउनु भएको थियो । कुना कन्दरामा रहेर पर्यटन प्रर्वद्धन गरिरहेका होमस्टेको बारेमा आम सर्वसाधरणलाई जानकारी गराउँदै सो ठाउँसम्म पुग्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीले  भूमिकाका खेलिरहेको बताउदैँ आगामी दिनमा पनि त्यसलाई महत्व दिन आग्रह गर्नुभएको थियो ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सस्थाका  उपाध्यक्ष राजाराम पौडेल सस्थागत रुपमा स्वागत मन्तब्य राख्नुभएको थियो । करिब ५० जनाको उपस्थितिमा  पोखरा महानगरपालिका वडा नम्वर १६ मा रहेको रिंन्जे नाँसा होमस्टेमा भयको कार्यक्रम सस्थाका सचिव गौरव त्रिपाठीले भब्य र सभ्य रुपले संचालन गर्नुभएको थियो  ।
प्रतिक्रिया दिनुहोस्: