Top Header Ad 1

रत्ना आधारभूत विद्यालयको ३८औ वार्षिकोत्सबमा वडा न.१ द्वारा छात्रवृत्ति वितरण

रत्ना आधारभूत विद्यालयको ३८औ वार्षिकोत्सबमा वडा न.१ द्वारा छात्रवृत्ति वितरण

परिबर्तन न्युज
२१ माघ २०८० बजे
परिबर्तन न्युज
२१ माघ २०८०

माघ २१ , पोखरा

पोखरा महानगरपालिका वडा नं.१ मा रहेको श्री रत्ना आधारभूत विद्यालयले३८औ वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको छ।

Advertisement:Ad

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष सहारा प्रधानले विद्यालयको चौतर्पी विकासको साथै विद्यार्थीको शैक्षिक उन्नयनको लागि वडा कार्यालय बाट श्री रत्ना आधारभुत विद्यालयमा अध्ययनरत १७ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ विद्यालयको ३८ औ वार्षिकोत्सबकाे अवसरमा वडाको ‘सुनौलो शिक्षा प्रोत्साहन कार्यक्रम’ अन्तर्गत जनही ५०००/- हजारको दरले छात्रवृत्ति प्रदान गरिएकाे  बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिका को वडाध्यक्ष सहारा प्रधानले याे छात्रवृत्तिले विद्यार्थीरूकाे पठनपाठनमा थप हाैसला एवम् उर्जा प्राप्त हुनेछ भन्ने विश्वास लिएका छाैं भन्नुभयो। साथै सम्पूर्ण विद्यार्थीहरुमा शैक्षिक भविष्यकाे उत्तराेत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद लुइटेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लक्ष्मण गौतमले गर्नुभएको थियो भने विद्यालयको विभिन्न शीर्षकको प्रगति विवरण विद्यालयका प्रधानाध्यापक सीता थापा ले प्रस्तुत गर्नुभएको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज