Worldlink Communications

प्रगति माध्यमिक विद्यालय पोखरा १६ ले बिषयगत संगै कला तथा साहित्यमा आधारित शैक्षिक प्रदर्शनी मेला सम्पन्न गर्यो

माघ२८,पोखरा

पोखरा महानगरपालिका वडा न.१६ बाटुलचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले विगत केही वर्षदेखि गर्दै आएको शैक्षिक प्रदर्शनी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।

शैक्षिक प्रदर्शनी कार्यक्रम -२०८० को अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शिक्षा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यले हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा प्याब्सन केन्द्रीय सल्लाहकार समितिका सदस्य गणेश मानसिंह भण्डारी, प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष वीरबहादुर बुढाथोकी, केन्द्रीय समिति प्याब्सन का केन्द्रीय समितिका उपाध्यक्ष कृष्ण केसी, प्याब्सन कास्की अध्यक्ष मथुरा प्रसाद पौडेल, पोखरा महानगरपालिका १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे ,विद्यालय व्यवस्थापन समितिका सदस्यहरू लगायत विद्यालयका अभिभावक र सम्पूर्ण विद्यार्थी विद्यालय परिवारको समउपस्थितिमा भएको कार्यक्रमलाई भव्य र सभ्य रूपले विद्यालयका शिक्षक डोलराज अर्यालले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला शिक्षा समन्वय एकाइ कास्की का प्रमुख लोकनाथ आचार्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घघाटन गर्नुभएपछि विद्यार्थीहरूले तयार गरेको शैक्षिक प्रदर्शनी कार्यक्रम अवलोकन गर्नुभएको थियो। लोकनाथ आचार्यले अबको शिक्षा भनेको किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानात्मक शिक्षा दिन सकेमा त्यो जीवन उपयोगी शिक्षा हुने कुरा बताउनुभयो। अहिलेको प्रतिस्पर्धा बाँच्नको लागि भएको हुनाले अबका विद्यार्थीहरूलाई उत्पादनसँग जोडिनुपर्ने बाध्यात्मक स्थिति भएको हुनाले विद्यार्थीहरूलाई दिइने शिक्षा व्यवहारिकनै हुनुपर्ने बताउनुभयो। शैक्षिक प्रदर्शनीमा आज देखाइएका यी शैक्षिक प्रविधिहरूले प्रदर्शनीहरुले विद्यार्थीको जीवनमा पुरै जीवनोपयोगी भएर कार्यान्वयन उन्मुख हुनेछन् भन्ने विश्वास गर्दै विद्यार्थीहरु बेरोजगार बन्न नपर्ने बताउनु भयाे।

कार्यक्रमको विशिष्ट विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा न. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले अहिलेको परिवेशमा निजी विद्यालयहरूले ७० प्रतिशत विद्यार्थीहरू लाई शिक्षा प्रदान गरिरहेको भए पनि करिब ३० प्रतिशत उपस्थिति जनाउने सरकारी विद्यालय हरुलाई सरकारले सहयोग गरेको देखिन्छ तर निजी विद्यालयहरु लाई सरकारले सहयोग गर्ने वातावरण नमिलेको देख्दा आफूलाई अचम्म लागेको बताउँदै आगामी दिनमा कानुनी रूपमा नै निजी विद्यालयहरूलाई सहयोग गर्ने वातावरण मिलेमा आफूले सहयोग गर्ने बताउनुभयो।

विद्यालय परिवार ले विद्यालयको शैक्षिक एवं शैक्षणिक कार्यक्रमहरू लाई विशिष्टीकरण र विविधिकरण गर्दैजाने उद्देश्यले यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको यस परिवेशमा विद्यालयका सह क्रियाकलापहरु अन्तर्गत नाटक मञ्चन सांकेतिक कार्यक्रम चित्रकला कार्यक्रम कक्षागत सांस्कृतिक एवं सिर्जनात्मक कार्यक्रम खेलकुद कार्यक्रम शैक्षिक भ्रमणका साथै शैक्षिक प्रदर्शनी कार्यक्रम हरु विद्यालयले सञ्चालन गर्दै आएका केही विशिष्ट कार्यक्रमहरू अन्तर्गत रहेर तहगत कक्षागत र विषयगत रूपमा प्रदर्शनी प्रस्तुत गरेको हो।

विभिन्न शीर्षकमा रहेर शैक्षिक प्रदर्शनी गरिएको र सोही अनुसार पुरस्कार व्यवस्थापन पनि गरिएको जानकारी दिँदै हरेक विषयमा गहनतम अध्ययन गरी त्यसबाट फ्युजन निकाल्दै शैक्षिक प्रदर्शनीको तयारी गरिएको सो कार्यक्रममा सो प्रदर्शनीमा नेपाली, अंग्रेजी, विज्ञान विषय संस्कृति विषय कला विषय सामाजिक विषय रोबोटिक्स कम्प्युटर स्थानीय साहित्य प्रगति प्रविधि पोखरा गणित नेपाल र समग्र नेपाल समग्र नेपालको बारेमा परिचय गराउन खोजिएको क्यान्भासमा जस्तै देखाउन खोजिएको यो शैक्षिक प्रदर्शनी कार्यक्रमको तयारी निकै राम्रो देखिएको थियो ।

विगत वर्षमा जस्तै यस वर्ष पनि शैक्षिक प्रदर्शनीमा तहगत र कक्षागत रूपमा भाषा गणित विज्ञान सामाजिक विषयका अतिरिक्त विद्यार्थीहरूमा रहेको निहित ज्ञान सीप सँग सम्बन्धित विषयहरूलाई पनि ध्यान दिँदै विज्ञान कला कम्प्युटर रोबोटिक्स प्रविधि साहित्य र पठन संस्कृति खेल जगत हस्तकला स्थानीयता र यसका विशिष्ट पक्षहरू सहित विद्यालयका विविध पक्षहरु लाई जानकारी गराउने उद्देश्यले शैक्षिक प्रदर्शनी गर्न लागिएको विद्यालयका शिक्षक बिनोद भुजेलले जानकारी दिनुभयो।

विद्यालयका प्रधानध्यापक महेन्द्र थापाले सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विशिष्ट अतिथि, अतिथि सबैले कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा आज दोस्रो दिन पुरस्कार वितरण तथा विशेष सम्मान कार्यक्रम आयोजना गरेको प्रगति माध्यमिक विद्यालयले ९३ जना विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पुरस्कार वितरण गरेको छ भने १२६ जना विद्यार्थीलाई विशेष पुरस्कारको व्यवस्था गरेको छ । त्यस्तैगरी करिब ३० जना विद्यार्थीहरूलाई नगदसहित मेडल उपलब्ध गराएर विद्यार्थीहरूको शैक्षिक मनोबल बढाउने काम गरेको बताउनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: