Worldlink Communications

अल्फा बोर्डिङ माध्यमिक विद्यालयको ३५औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न

फागुन १२ , पोखरा

पोखरा महानगरपालिका वडा न. १६ लामाचौर मा रहेको अल्फा माध्यमिक बिधालयले आज आफ्नो ३५ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र मानसिंङ भण्डारी को अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले गर्नु भएको थियो भने विशिष्ट अतिथिमा कास्की प्याप्सनका अध्यक्ष मथुरा पौडेल पोखरा महानगरपालिका वार्ड नम्बर १६ का अध्यक्ष अमृत तिमिल्सिना पोखरा महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पुषपेन्द्र पाण्डेले गर्नुभएको थियो।

अतिथिहरूमा पोखरा महानगरपालिका १६ र १९ का जनप्रतिनिधि हरू  छिमेकी विद्यालयका प्रधानाध्यापकहरू विभिन्न संघसंस्थाका प्रतिनिधिहरू आमा समुह का आमा दिदी बहिनीहरु लगाएत सम्पूर्ण अभिभावकहरूको आतिथ्यतामा भएको कार्यक्रम विद्यालयका शिक्षक भारती गौतमले सञ्चालन गर्नुभएको थियो।

पानसमा बत्ती बालेर प्रमुख अतिथि लोकनाथ आचार्यले बिधालय को ३५औ वार्षिक उत्सव कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो। राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि लोकनाथ ले आजको बाबुनानिलाइ कोरा किताबी ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि दिनुनुपर्ने बताउनुभयो। बाबु नानीहरूको लागि घर नै पहिलो पाठशाला भएको हुनाले उनीहरूको लागि सम्पूर्ण पारिवारिक शिक्षा घरबाट नै दिएको हुन्छ र हुनुपर्छ घर को वातावरण जस्तो छ त्यस्तै नै बालक हुर्किएको हुन्छ भन्नुभयो।

अबको शिक्षा भनेको व्यवहारिक शिक्षा हुनुपर्ने कक्षा कोठामा थुनेर मात्र शिक्षण गर्नुभन्दा अब व्यवहारिक शिक्षा फरक किसिमले दिनुपर्ने पाठ्यक्रम भन्दा बाहिर अतिरिक्त क्रियाकलाप रुपि शिक्षा दिनुपर्ने जसले गर्दा विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने र अन्तर्राष्ट्रिय स्तरमा पनि विद्यार्थीहरु प्रतिस्पर्धा गर्न सक्ने जन शक्ति उत्पादन गर्नको लागि त्यस किसिमको शिक्षा दिनु अत्यन्त आवश्यक भएको बताउनुभयो ।

बिशिस्ट अतिथी प्यप्सन कास्की क अध्यक्ष मथुरा पौडेल  ले बोर्डिङ स्कुलका सम्पूर्ण टिमले विद्यालयको उन्नयनका लागि सधैँ लागि परेको विद्यार्थीको भविष्यको निम्ति समेत चिन्तित भएको नजिक बाट देखेको छु भन्नुभयो त्यस्तैगरि पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले पोखरा १६  शिक्षाको हब भएको बताउनुभयो। १४ वटा सार्वजनिक स्कुल र १२ वटा प्राइभेट स्कुल र दुइवटा कलेज छन भने भएको पोखरा महानगरपालिका वार्ड न.१६ ले राष्ट्रिय स्तरमा नै आफ्नो नाम राख्न सफल बिन्ध्यवासिनी माध्यमिक विद्यालय र इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालय भएको बताउनु भयो।जसको प्रभावले वरपर भएका सबै स्कुलहरूलाई शैक्षिक उन्नयनको लागि उत्तिकै र उस्तै प्रभाब अनि दबाब परेको बताउनुभयो ।

विद्यालयका सह प्राध्यापक बलराम भुजेलले आगन्तुक अतिथि लगायत उपस्थित अभिभावक र सम्पूर्ण आगन्तुकहरुलाई विद्यालय को बारेमा जानकारी गराउँदै विद्यालय र अभिभावक एउटा परिवार भएको हुनाले दुइ बिचको सम्बन्ध प्रगाड बनाउने कार्यक्रमको रुपमा आफुले लिएको हुनाले उहाँहरु लाइ नै समर्पण गरेको भन्दै स्वागत मन्तव्य राख्नुभएको थियो।

कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूबाट राष्ट्रिय भावना बोकेका नया गीत तथा लोक गीतहरुमा आफ्नो नृत्य प्रदर्शन गरेका थिए। अल्फा बोर्डिङ स्कूलको ३५औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा शिक्षक सरिता गुरुङ लाइ नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुलाई विभिन्न विधामा कक्षागत पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमको अन्तमा कार्यक्रमको अध्यक्षता गरिरहनुभएका सुरेन्द्र मानसिंह भण्डारीले धन्यवाद सहित आगामी दिनमा विद्यालयका विद्यार्थीहरूको शैक्षिक उन्नयनको को लागि अझै परिस्कृत तरिकाले यस संस्थालाई अगाडि बढाइने छ भन्ने बताउँदै कार्यक्रम समापन गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्: