Worldlink Communications

सरस्वती अम्बिका मन्दिर साथै आत्मज्ञान केन्द्र भवन पुननिर्माण कार्य सम्पन्न: कुमार खड्काद्वारा उद्घघाटन

चैत्र ३ पोखरा

पोखरा महानगरपालिका वडा न. १६ अमला बिसौनीमा रहेको सरस्वती अम्बिका मन्दिर साथै आत्मज्ञान केन्द्र भवन पुननिर्माणको कार्य सम्पन्न भएको छ।

निर्माण समितिका अध्यक्ष दिपेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व भौतिक तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गर्नुभएको थियो भने कार्यक्रमको अतिथिहरु पोखरा महानगरपालिका वडा न. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना पूर्व वडाध्यक्ष जीवन जीवन प्रसाद आचार्य, बेनी बहादुर बस्नेत लगायत स्थानीय बुद्धिजीवी विभिन्न संघसंस्था आमासमूहका प्रतिनिधि समाजसेवीहरुको समउपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथि पुर्व भूतपूर्व गण्डकी प्रदेशका पूर्व भौतिक तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले ब्यानरमा हस्ताक्षर र पानसमा बत्ती बालेर उद्घघाटन गर्नुभएको कार्यक्रममा पदमा रहँदाखेरि हरेक जो कोहीले आफ्नो समुदायमा केहि केही गर्नुपर्छ भन्ने मान्यताका साथ सहयोग गर्ने वातावरण जुरेको यस धार्मिक स्थल मनमोहक सभ्य र राम्रो बनेको मा खुसी व्यक्त गर्नुभयो। आफूले यस किसिमका ससाना कार्यक्रमहरूमा सहयोग गरेको र त्यो सहयोग राज्य ले निरन्तरता गरिरहन सकेमा धर्म संस्कृति जोगाउन र  बचाउन सकिने बताउनुभयो।

करिब १६ लाख जति खर्च गरेर निर्माण गरिएको सरस्वती अम्बिका मन्दिर साथै आत्मज्ञान केन्द्र भवन पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट ५ लाख ७३ हजार सहयोग भएको र अपुग रकम सहयोग दाताबाट संकलन गरि निर्माण गरिएको कोषाध्यक्ष राजु थापाले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा खगेन्द्र थापा र होम बहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा मन्दिर निर्माण तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुने व्यक्तित्वहरूलाई खादा माला र प्रमाणपत्रले सम्मान गरिएको थियो।

कार्यक्रम को अध्यक्षता गरिरहनुभएका दिपेन्द्र बस्नेतले कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्दै धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा व्यवस्थापन स्थानियटोल विकास संस्था र आमा समुहले गर्ने बताउनु भएको कार्यक्रमलाइ भव्य र सभ्य रुपले संस्थाका सचिव पार्वती थापा बस्नेतले सञ्चालन गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्: