Worldlink Communications

इक्यान कास्कीले राष्ट्र निर्माणका लागि अन्तराष्ट्रिय शिक्षासम्वन्धी बहसमुलक कार्यक्रम गर्ने

चैत २७ ,पोखरा

विगतका वर्षहरुमा शैक्षिक मेला आयोजना गर्दै आइरहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले यो पटक इडियु थ्रीसिक्टी EDU360 कार्यक्रम गर्ने भएको छ ।

राष्ट्र निर्माणका लागि अन्तराष्ट्रिय शिक्षा (Globle Education for Buildingthe Nation) सम्वन्धी थिममा रहेर गरिने बहसमुलक कार्यक्रम आगामी शुक्रवार पोखराको न्यूरोडस्थित सिटी स्क्वायर वेक्युटमा सञ्चालन हुने आयोजकले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

एकदिने कार्यक्रममा दुई ओटा सेसन हुने आयोजक इक्यान कास्की का अध्यक्ष रमेश थापाले जानकारी दिए । उनका अनुसार पहिलो सेसनमा Study Abroad: Making an Impact Beyond Borders र दाेस्राे सेसनमा Policy Reforms in the Education Systems: Navigating Challenges and Fostering Innovation विषयमा प्यानल डिस्कस हुनेछ ।

कार्यक्रमकाे मुख्य वक्ताले कार्यक्रमको थिममा विचार राख्नेछन् । आयोजकले मुख्य वक्ताको रुपमा महानायक, मोटिभेटर तथा बौद्धिक व्यक्तिकाे रुपमा राजेश हमाललाई राखेको छ । उनले राष्ट्र निर्माणका लागि विश्व शिक्षा (Globle Education for Buildingthe Nation) विषयमा ३० मिनेट आफ्नाे विचार राख्नेछन् ।

ग्लोवल एजुकेशन सम्बन्धी यहाँका शिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालारुविच स्वस्थ छलफल गर्ने कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष थापाकाे भनाई छ ।

विश्व बजारमा शिक्षा सम्बन्धी भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशीनुको कारण, गुणस्तरीय शिक्षाको लागि आवश्यक नीतिनिर्माण सम्बन्धी सेसनमा छलफल हुनेछ भने विदेशमा अध्ययन गरेर नेपाल फर्किएर उनीहरुले गरेका योगदान सम्वन्धी बहस पनि हुनेछ । गुणस्तरीय शिक्षा सम्वन्धी बहसको लागि एउटा इनोभेटिभ कार्यक्रम बन्ने आयोजकको विश्वास छ ।

आयोजकले कार्यक्रम मार्फत बैदेशिक अध्ययनको सकारात्मक प्रभाव बुझाउने कोशिस गर्ने बताएको छ । परामर्श व्यवसायीहरुको अतिरिक्त यस कार्यक्रममा विद्यार्थी, अभिभावक तथा यस क्षेत्रसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरुको उपस्थिति हुने आयोजकले जनाएको छ ।

संघले वार्षिक योजनाअनुसार सदस्यहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न तालिमहरुका साथ अन्य नियमित कार्यक्रमहरु आयोजना गर्दै इक्यान कास्कीका पूर्व अध्यक्ष इभिन्द्र तिवारीले बताए । उनले नेपाली विद्यार्थीहरुको चाहनाअनुसार नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीहरुले विभिन्न देशमा कलेज तथा विश्वविद्यालयमा अध्ययनको लागि परामर्श दिंदै आइरहेका जानकारी दिए ।

व्रिटिस काउन्सिलकाे टाइटल स्पोसरमा रहेको इडियु थ्री सिक्टी (EDU360) कार्यक्रममा अमेरिका स्थित वेवस्टर युनिभर्सिटि (Webster University), एसोसिएट स्पोन्सर रहेको छ भने मुख्य प्रायोजक जि एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट (G&K International Education Consultant) रहेको छ । त्यसैगरि प्रायोजकहरुमा एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज (Expert Education & Visa Services, मिराकल इन्सिच्युड (Miracle Institute), राेवुष्ट एजुकेशन (Robust Education) र जे कार्ट (J-Cert) रहेका छन् ।

इक्यान कास्कीका उपाध्यक्ष तथा कार्यक्रम इडियु थ्रीसिक्टी (EDU360) का संयाेजक सन्ताेष शाहीकाे अध्यक्षमा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव कमल बरालले गरेका थिए ।

नेपाल शैक्षिक परामर्श संघ शैक्षिक परामर्श व्यवसायीहरुको सबै भन्दा पुरानो र धेरै सदस्यहरु भएको छाता संस्था हो । यो संस्था सदस्यहरुलाई एकत्रित गर्दै व्यवसायलाई व्यवस्थित एवं अनुशासित बनाउने उद्देश्यको साथ यसको स्थापना भएको हो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यसको विभिन्न जिल्लाहरुमा शाखा कार्यालयहरु रहेका छन् । जसमा कास्की पनि एक हो ।

यस संस्थाका सदस्यहरुले नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा त्यसको भविष्यको विषयमा पर्याप्त सुचना प्रवाह गर्नुका साथै विभिन्न कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने कुरालाई नै संघले आफ्नो पेशागत दायित्वको रुपमा लिएकाे छ । यस कार्यमा संघसँग आवद्ध ४४ परामर्शदातृ संस्थाहरु क्रियाशिल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: