Worldlink Communications

भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च द्वारा चियापान तथा क्यालेण्डर विमोचन कार्यक्रम

बैशाख १, पोखरा

भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा-१६ द्वारा आयोजित नयाँ बर्ष २०८१ को क्यालेण्डर विमोचन शुभकामना आदानप्रदान तथा  चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ वर्ष २०८१ सालको शुभ अवसरमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रम भूतपूर्व बिन्ध्यवासिनी बिद्यार्थी मञ्चका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बिन्ध्यवासिनी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख नरनाथ भट्टराईले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख अतिथि बिन्ध्यवासिनी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख नरनाथ भट्टराईले बिन्ध्यवासिनी माध्यमिक विद्यालयमा स्थापना भएदेखि आज सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई समेटेर अगाडि बढ्न सकियो भने भूतपूर्व विद्यार्थी महत्व अझै महत्वपूर्ण भएर जाने बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आमन्त्रित व्यक्तित्व एवं पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सम्पूर्ण विद्यार्थी हरू एक भई यसरी गरिएको भेटघाट कार्यक्रम साह्रै राम्रो स्मरणीय भएको बताउनुभयो जसले गर्दा धेरै पुराना साथीहरू भेट भएर को कहाँ कसरी के गर्दै हुनुहुन्छ भन्ने कुराको जानकारी हुँदा पनि साह्रै नजिकिएको आभास हुने बताउनुभयो।

बिन्ध्यवासिनी माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेलले विद्यार्थीहरू आफ्नो विद्यालयबाट बाहिर निस्किसकेपछि पनि विद्यालयको हितको निम्ति ,आफ्ना साथीहरु भेटघाट हुने वातावरण मिलाउनको लागि र समग्र विद्यालयको हितको निम्ति केही काम गरौं भन्ने आभासका साथ निर्माण गरिएका यस्ता संस्थाहरु साच्चै नै विद्यार्थीहरूको हितको निम्ति विद्यालयको हितको निम्ति हुने बताउनुभएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं १६ मा स्थापित विभिन्न राजनीतिक दलका आस्थामा रहेका व्यक्तित्वहरू, निवर्तमान सांसद हरु ,वडाअध्यक्ष जनप्रतिनिधिहरू, बिभिन्न क्लबहरूका अध्यक्षहरू, क्याम्पसका प्राध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक शिक्षिकाहरूहरु विभिन्न सरकारी ओहोदाबाट रिटायर्ड रहनुभएका सम्मानित व्यक्तित्वहरु, आमा समूह का अध्यक्षहरु र विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थितिमा भएको कार्यक्रमलाइ भव्य र सभ्य रूपमा संस्थाका सचिव भीम गायकले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा धन्यवादसहित कार्यक्रमको अध्यक्षता गरिरहनुभएका हरिबहादुर बरुवालले कार्यक्रममा सम्पूर्ण उपस्थित सबैलाई नमन गर्दै सबै भूतपूर्व विद्यार्थीहरूलाई एक बनाउने यो महान यात्रामा तपाईहरु सबैको सहयोगको अपेक्षा गर्दछु भन्नुभयो।

हाम्रो सानो निमन्त्रणालाई पनि महत्व दिँदै कार्यक्रममा उपस्थित हुनुहुने  सम्पूर्ण उपस्थित स्वागत गर्दै गर्दछु भन्दै भुतपुर्व बिधार्थी मन्चलेप एक हजारवटा क्यालेन्डर निर्माण गरेको र यो सबै क्यालेन्डरलाई हरेक भूतपूर्व विद्यार्थीहरूको घरमा पुर्याउने योजना रहेको बताउनुभएको थियो ।

आफूले यस संस्थामा रहिन्जेल धेरै काम गर्न खोजेको तर पनि कहिलेकाहीँ गाह्रो हुँदा कसैले सहयोग गर्दिए हुन्थ्यो भन्ने आभास ब्यक्त गर्नुभएका अध्यक्ष हरिबहादुर बरुवाल गुनासोको रुपमा  उपस्थित सबैलाई सुनाउनुभएको थियो।

आगामी दिनहरू र आगामी वर्षहरूमा पनि विन्ध्यवासिनी भुतपुर्व विद्यार्थी मञ्चले यसरी नै कार्यक्रम गरिरहने आफ्नो उपस्थिति राम्रो देखाइरहने र सम्पूर्ण विद्यार्थीहरुलाई एक बनाउने बिषयमा एकताबद्ध गर्दै र गराउँदै कसरी अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने जानकारी दिँदै चियापान गरेर मात्र विदाई हुनको लागि अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: