Worldlink Communications

सप्तरीको महदेवा गाउँपालिका चिमटिमा आगलागी

वैशाख १९ , जनकपुरधाम

सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा हिजो मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् ।

साँझपख लागेको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्यले जानकारी दिनुभयो।

आगलागी नियन्त्रणका लागि ६ वटा वारुणयन्त्र, करिब १५० सुरक्षाकर्मी र स्थानीयको सहयोगमा राति १० बजे मात्र आगलागी नियन्त्रणमा लिइएको उनले बताउनुभयो ।

आगलागी कसरी भएको हो भन्नेबारे अहिले सम्म पत्ता नलागेको र यस्को अनुसन्धान भइरहेको क्षतिको पनि यकिन विवरण आउन बाँकी रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: