गण्डकी प्रदेशमा मुख्यमन्त्रीले पाए विश्वासमत , कांग्रेसका सांसदहरुबाट नाराबाजी

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले पाए विश्वासमत , कांग्रेसका सांसदहरुबाट नाराबाजी

परिबर्तन न्युज
२३ बैशाख २०८१ बजे
परिबर्तन न्युज
२३ बैशाख २०८१

बैशाख २३,पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाउनु भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो  भने २ मत तटस्थमा परेको थियो ।

६० सदस्यीय प्रदेश सभामा मतदान प्रक्रियामा ५९  सभासदस्यले भाग लिनु भएको थियो । ३१ मत आवश्यक रहको अवस्थामा सभामुख कृष्ण प्रसाद धितालले संबिधान अनुसार निर्णायक अवस्थामा आफुले मत दिन पाउने भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

Advertisement:Ad
Advertisement:Ad

सभामुखले विश्वासको मत पाएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गर्नुभएको थियो । चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका अधिकारीले सरकार दाबि  गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज