Worldlink Communications

इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७१ औ वार्षिक उत्सव ,पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

वैशाख २८ ,पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १६ को लामाचौरमा रहेको शैक्षिक संस्था श्री इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७१ औ वार्षिक उत्सव ,पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेको छ।

पूर्व गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल “जिबन”को प्रमुख आतित्यथामा भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाले गर्नुभएको थियो थियो। कार्यक्रमलाई भव्य र सभ्य रूपले विद्यालयका सूचना अधिकारी एवं मा वि शिक्षक सीता पौडेलले सञ्चालन गर्नुभएको थियो।

पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नुभएका प्रमुख अतिथि पूर्व गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले कास्की जिल्लाकै अग्रणी स्थानमा रहेका विद्यालयहरू मध्येको यो विद्यालय अझै अगाडि बढ्ने कुरामा दुई मत नरहेको बताउनुभयो। जागरिलो विद्यालय व्यवस्थापन समिति, सबैलाई झकझक्याउन सक्ने शिक्षक अभिभावक संघ र विद्यार्थीलाई कसरी प्रभावकारी शिक्षण गर्न सकिन्छ भन्दै वातावरण मिलाउँदै अगाडि बढेका इनर्जेटिक डाइनामिक शिक्षक साथीहरूको तादम्यता मिलेरनै शैक्षिक भौतिक दुवै रुपमा फड्को मार्दै अगाडि बढेको यस परिवेशमा आफू मन्त्री हुँदा विद्यालयको थप शैक्षिक वातावरण निर्माण गर्नको लागि आवश्यकता अनुसार केही सहयोग  गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो।

त्यस्तैगरी विशिष्ट अतिथि शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिका प्रसाद आचार्यले शिक्षाका त्रिपक्षीय आयामहरूको व्याख्या गर्दै सबैभन्दा बढी जिम्मेवारी अभिभावक नै हुनुपर्ने कुरा  सुझाउनु भएको थियो। अबका दिनमा आफ्ना बाबु नानीहरूलाई घरमा नै असल शिक्षा सुसंस्कार दिनुपर्ने बताउनुभयो। अबका बाबु नानीहरूलाई विदेसिनु पर्छ भन्ने पारिवारिक शिक्षा शिक्षा भन्दा आफ्नै देशमा सेवा गर्नुपर्छ  भन्ने किसिमको पारिवारिक शिक्षा दिनुपर्ने वातावरण बनाउन पनि पारिवारिक शिक्षाको खाँचो रहेको बताउनु भयो।

त्यस्तैगरी शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अबको शिक्षा पारिवारिक र व्यवहारिक हुनुपर्ने कक्षा कोठामा मात्र सीमित नभई क्लास बाहिर पनि केही गर्न सक्छौं भन्ने हिम्मत दिने खालको शिक्षा दिनुपर्ने बताउनुभयो । हरेक विद्यालयहरूमा अतिरिक्त क्रियाकलापहरु गर्नुपर्ने,  शिक्षक विद्यार्थी अभिभावक सबैको राम्रो संयोग मिले मात्र शिक्षण राम्रो र प्रभावकारी हुने  बताउँनु भएको थियो।आगामी वर्षमा यो इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालयले अझै राम्रो प्रगति गरी अब्बल नम्बर वान भएको आफुले देख्न चाहेको बताउनुभयो।

त्यस्तैगरी छिमेकी विद्यालयहरूको तर्फबाट नेपालकै नम्बर वान बन्न सफल भएको श्री बिन्दवासनी माध्यमिक विद्यालयका प्र.अ. कृष्ण प्रसाद आचार्यले अनावश्यक भाषणबाजीभन्दा शिक्षणबाजी गरेको र अन्य कुराहरूभन्दा विविध सांस्कृतिक कार्यक्रमबाट विद्यार्थीहरु लाई बुझाउन सकिने बताउनुभयो। विद्यार्थी शिक्षक र अभिभावक को संयुक्त प्रयासबाट मात्रै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्न सकिने भएको हुनाले हरेक अभिभावकहरूले आफ्नो बाबु नानीहरू बेलामा स्कुल गएकी गएन र घरमा बेलामा आउँछन कि आउँदैनन घरमा बसेर पढ्छन् कि पढ्दैनन् भन्ने विषयमा मात्र ध्यान दिए पुग्ने बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षिय प्रतिवेदन सहित आफ्नो मन्तव्य राख्नुभएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्रीले पनि आफ्नो तर्फबाट प्रतिवेदनसहित मन्तव्य राख्नुभएको थियो। विद्यालयको सम्पूर्ण गतिविधिलाई जानकारीमूलक तरिकाले विद्यालयका प्र.अ केशव प्रसाद अमगाईले आफ्नो विद्यालयले गतवर्षमा भए गरेका सम्पूर्ण प्रगति र उन्नति को मन्तव्य सहितको प्रतिवेदन पढेर सुनाउनुभएको थियो।

कार्यक्रमको बीचबीचमा विद्यार्थी भाइबहिनीहरूको रोचक गीतसँगै नृत्य र विद्यालयका शिक्षका र विद्यार्थीहरू को संयुक्त स्वरमा स्वागत गीत  गाउँदै ७१औं वार्षिक उत्सव मनाउनुभएको थियो।कार्यक्रममा विभिन्न विधामा पुरस्कृत भएका भाइबहिनीहरूलाई मेडल पुरस्कार नगदहरू वितरण गरिएको थियो भने विभिन्न अक्षयकोष दाताहरू बाट दिएको नगद पनि पुरस्कार स्वरूप हस्तान्तरण गरिएको सो कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न  भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: