Worldlink Communications

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा वी पी स्मृति भवनको निर्माण कार्य सुरु

जेठ १, पोखरा

वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ ।

पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज एक कार्यक्रम गरि निर्माण कार्य सुरु गरिएको समितिका अध्यक्ष माधव प्रसाद बास्तोलाले एक कार्यक्रमका बिच जानकारी दिनुभयो ।

अध्यक्ष बास्तोलाका अनुसार नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति एवम् संरक्षण शुक्रराज शर्माले इट्टामा बालुवा र सिमेन्टको मसला राखी निर्माण कार्यको शुभारम्भ गरिएको थियो।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले शुभारम्भ कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशले आज एतिहासिक काम गरेको बताउनुभयो।

नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण व्यक्तिहरु एकवद्दता भई इमान्दारिता पूर्वक हातेमालो गरौं, हनुमानजीको आशिर्वादले समयमा नै भवनले पूर्ण सार्थकता पाउनेनै छ भन्नुभयो ।

भवन निर्माणको पहिलो चरणमा करिब १ करोड लागत लाग्न सक्ने प्राविधिक अनुमान गरिएको र बाँकी कामको लागि थप ४ करोडको आवश्यक पर्ने निर्माण समितिले जानकारी गराएको छ । यही असोज मसान्त अगाडि नै कार्यालयबाट प्रवाह हुने सेवा कार्य सुरु हुनेगरी निर्माण सम्पन्न हुने बताइएको छ ।

स्थानीय वासिन्दा, नेपाली कांग्रेस गण्डकी प्रदेश पदाधिकारी, सदस्य, भवन निर्माण समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र प्राविधिकहरुको उपस्थिति रहेको कार्यक्रममा पुजा सकिए लगतै जेष्ठ नागरिक मिलन केन्द्र का बुवा आमाहरूले भजन किर्तन गाएर दर्शकहरुलाई मनोरञ्जन दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: