Top Header Ad 1

४८ घण्टा भित्र मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश अनुसार सुरेन्द्र पाण्डे नियुक्त

४८ घण्टा भित्र मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश अनुसार सुरेन्द्र पाण्डे नियुक्त

परिबर्तन न्युज
१६ जेष्ठ २०८१ बजे
परिबर्तन न्युज
१६ जेष्ठ २०८१

जेठ १६ ,पोखरा

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई आज सर्वोच्च अदालतको परमादेश अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो।

Advertisement:Ad

सर्वोच्च अदालतको आदेस अनुसार ४८ घण्टा भित्र ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारि गरेको थियो । ६० सदस्यीय प्रदेश सभामा ३० लाई बहुमत मानेर विश्वासको मत लिएपछि पाण्डेले सर्वोच्चमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीलाई विपक्षी बनाएर रिट दायर गर्नु भएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले अब ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । तर उहाले विश्वासको मत पाईहाल्ने आधार भने देखिदैन । ६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७ ,राप्रपाका २ सांसद र स्वतन्त्रबाट जित्नु भएका दीपक मनाङेले विश्वासको मत दिए पनि  २९ सांसदको समर्थनले पनि बहुमत पुग्दैन।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले मत दिने पाण्डेको विश्वास लिनुभएको छ तर त्यतिले मात्रैपनि पाण्डेले विश्वासको मत पाईहाल्ने अवस्था देखिदैन ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज