Worldlink Communications

नेकपा एमाले महानगरको अधिवेशनमा देखियो झन ठूलो गुट

जेठ २० पोखरा

नेकपा एमाले पोखरा महानगरपालिका को दोस्रो अधिवेशनमा पार्टी एक ढिक्का भएर जान नसक्ने विषय बजारमा छताछुल्ल देखिएको छ ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गुट र अर्कोतर्फ नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी बीचमा देखिएको नराम्रो गुटबन्दी ले गर्दा मिसन ८४ मा एमाले निकै कमजोर हबनाउने नेकपा एमालेकै चुनिएर आएका अधिकांश प्रतिनिधि हरुले बताउनुभयो । विगत प्रदेस र जिल्ला अधिवेशन भन्दा अहिलेका प्रतिनिधिहरू पुरै गुटमा खुलेको देखिएको छ ।

प्रदेश र जिल्लाका अधिबेशनमा देखिएको गुट अहिले आएर छरपस्ट भएको गुटहरू आन्तरिक देखिए पनि पछिल्लाे पटक देखिएको यो प्यानलले नेकपा एमालेलाई २०८४ मा ठूलो आघात पुग्ने अवस्था सिर्जना भएको छ।

विगतमा बन्ने च्यानलहरू अघोषित हुन्थे भने अहिले पुरै घोषित रुपमा नै छरप्रस्ट देख्न पाइएको छ। जुन विषय वा कुरा हरेक व्यक्तिका फेसबुक वालहरूमा प्रष्ट देख्न सकिन्छ।

उम्मेदवारका हिसाबले पृथ्वी सुब्बाको टिमबाट अध्यक्षमा दिपक पौडेल , उपाध्यक्षमा मोहन गुरुङ सचिव दिनेश बाबु खड्का लालबहादुर राणा। उपसचिव लालबहादुर राणा उपसचिव किरण गौतम र लेखा अध्यक्षमा राजेश गुरुङ तोकेको छ।

खगराज अधिकारीको गुटबाट अध्यक्ष जीवन आचार्यले  उम्मेदवारी दर्ता गराउनु भएको छ भने उपाध्यक्षमा नगेन्द्रनाथ ढुङ्गाना सचिव सुशील बस्नेत उपसचिव विष्णु गौतम र उपसचिव हरिमाया बिकर र लेखा अध्यक्षमा दुर्योधन गिरीलाई उठाएका छन्।

पृथ्वीसुब्बाले जगत विश्वकर्मा र आचार्य खगराजबाट समर्थन प्राप्त उम्मेदवार हुन् । उपाध्यक्षमा मोहन गुरुङ र नगेन्द्रनाथ ढुंगाना उम्मेदवार छन् । हालका उपाध्यक्ष गुरुङ पौडेल प्यानलबाट उम्मेदवार हुन् । आचार्य प्यानलबाट उपाध्यक्षको उम्मेदवार रहेका नगेन्द्र अर्का नेता खगराजको सचिवालयमै काम गरेका व्यक्ति हुन् ।

पोखरा महानगरपालिकाको दोस्रो अधिवेशनबाट १ सय १ सदस्यीय कमिटी गठन हुनेछ । मतदान प्रक्रिया सोमबार बिहान ६ बजेदेखि पोखरा सभागृहमा सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । स्थायी कमिटी सदस्य अधिकारी प्रदेशसभामा भएकाले कास्कीमै केन्द्रित हुनुहुन्छ

प्रतिनिधिहरूले नेताहरूको गुट आफ्नो जुँगाको लडाई लडेको हुनाले प्रतिनिधि भएर आएका हामीहरूलाई कसलाई दिने भनेर समस्या परिरहेको अवस्था छ। उमेरको हिसाबले सम्मान गर्नुपर्ने दिपकलाई भएपनि युवा जोश जाँगर बढाउनको निम्ति जीवनलाई दिनुपर्छ भन्नेहरूको भीड पनि देखिन्छ

नेकपा एमालेप्रति विगतदेखि अहिलेसम्म वफादार सिपाही भएर आएका केही कम्युनिस्ट क्याडरहरु बाहिरिए पनि उहाहरुकै सन्ततिको कारणले जोगिएको राम्रो पार्टी भएको र सबैलाई सहयोग गर्ने पार्टी भएको हुनाले नेकपा एमाले आफैमा गौरवशाली पार्टी भएको बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्: