पोखरा महानगरपालिका न्यायिक समितिद्वारा जनप्रिय क्याम्पसका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा महानगरपालिका न्यायिक समितिद्वारा जनप्रिय क्याम्पसका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

परिबर्तन न्युज
२७ जेष्ठ २०८१ बजे
परिबर्तन न्युज
२७ जेष्ठ २०८१

जेठ २७ , पोखरा

पोखरा, जेठ २७ गते । पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाईन्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महानगर न्यायिक समितिले जनाएको छ । विभिन्न संघसंस्थाहरुसंग मिलेर कार्यक्रम सञ्चालन गरिहेको छ ।

“न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम अन्र्तगत आइतबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको सिमलचौरमा रहेका जनप्रिय बहुुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले बार्षिक कार्यक्रममा समावेश गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले बताउनुुभयो ।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको बताउनुुभयो । स्थानी तहमा सृजना भएका विवादलाई स्थानीय स्तरमा समाधानका लागि न्यायिक समिति गठन गरिएको उहाँले बताउनुुभयो । “स्थानीय विवादहरु अदालत पुुग्ने अवस्थाले समय र पैशा दुवै खर्च हुने भएकाले सहज रुपमा न्याय पाउने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको ब्यवस्था गरिएको हो ।”

नागरिकले सहज र सरल रुपमा न्याय पाउन भन्ने उदेश्य र स्थानीय तहका विवादहरु अदालतसम्म पुुग्नुपर्ने अवस्था नआओस भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको बताउदै भन्नुुभयो, “समय र पैशाको बचतका लागि र स्थानीय विवाद मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो ।यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।”

पोखरा महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले पोखरा महानगरपालिका न्यायिक समितिले उत्कृष्ट रुपमा न्याय सम्पादनको काम गरिहेको बताउदै आफनो काम, कर्तब्य र अधिकारका बारेमा जानकारी गराउदाँ नागरिकमा प्रचार हुने बताउनुुभयो ।

कार्यक्रममा जनप्रिय क्याम्पस संचालक समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छे, जनप्रियका निमित्त क्याम्पस प्रमुुख रमेशबहादुर खड्का, प्रेस क्लब गण्डकीका सचिव गौरब त्रिपाठी, कोषाध्यक्ष राजु गिरी लगायतले न्यायिक समितिका बारेमा भनाई राख्नुुभएको थियो । कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ता सुचिकृृतको प्रक्रिया, आचारण र योग्यताको बारेमा लागि आवश्यक योग्यता बारेमा प्रशिक्षण दिनुुभएको थियो ।कार्यक्रम प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज