दसैँको दिन पोखराका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने
असोज २३, पोखरा
दसैँको टिकाको दिन पोखरा महानगरपालिकाका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।
पोखरा महानगरपालिका, स्थानीय प्रशासन र यातायात व्यवसायी हरूको सहकार्यमा महानगर क्षेत्र भित्रका विभिन्न ८ वटा रुटहरूमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको बिभिन्न बस यातायात सन्चालक समितिहरूले जानकारी दिनुभएको हो ।
दशैको टिकाको दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क, फेदी–हेमजा–हरिचोक–पृथ्वीचोक,लामाचौर–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–पृथ्वीचोक–बिरौटा–सहिदचोक–लेकसाइड, राजाकोचौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक–बाग्लुङ् बसपार्क,् काँहुखोला–महेन्द्रपूल–पृथ्वीचोक–जिरो कि.मी–हल्लनचोक, वेगनासताला–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिने जानकारी दिनुभएको हो।
‘दसैँको टिकाको दिन टिका लगाइ आर्सीवाद थाप्न मान्यजन कहाँ जाने नेपाली प्रचलन अनुसार दसैँको दिन सार्वजनिक यातायात सहज रूपमा उपलब्ध नहुने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीहरू सँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाइएको नगर प्रमुख आचार्यले पनि जानकारी दिनुभयो। यसले यात्रुहरूलाई सहजता प्रदान गर्ने बताउदै दशैका बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं.११८१ (हटलाइन) सेवामा सम्पर्क गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
यति निर्याणय गरिसकेका बस ब्यबसायी यातायात प्रा.ली, स्थानीय यातायात प्रा.ली, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, वेगनास ताल पोखरा यातायात प्रा.लि ले तोकिएका रुटहरूमा निःशुल्क बस सेवा प्रदान गर्ने बिषयमा कुनै दुबिधा नरहेको जानकारी दिनुभयो।