मन्त्री बिन्दु कुमार थापा भन्नुहुन्छ -अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध

मन्त्री बिन्दु कुमार थापा भन्नुहुन्छ -अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध

परिबर्तन न्युज
१३ कार्तिक २०८१ बजे
परिबर्तन न्युज
१३ कार्तिक २०८१

कार्तिक १३ , पोखरा

गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताउनुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि भौतिक पूर्वाधार, संचार र यातायातमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाले प्रदेश सरकार अपाङ्ग मैत्री बन्दै आएको बताउनुभयो।

अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था सबै सँग मिलेर प्रदेश सरकार अगाडि बढ्ने बताउनुभयो । प्रदेशमा बन्ने संरचनाहरु अपाङ्ग मैत्री बनाउन पहलकदमी गरिरहेको बताउदै मन्त्री थापाले अपाङ्गताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न को लागि ऐनमा नै सहज वातावरण मिलाउने व्यवस्था गर्ने गरी प्रदेश सरकारले काम गर्ने गरिरहेको बताउनुभयो ।

Advertisement:Ad
Advertisement:Ad

सार्वजनिक स्थान, यातायात र अन्य क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुले सहजै काम गर्न सक्ने गरि व्यवस्था गरिने समानुभूति, समझदारी र समावेशी दृष्टिकोण निर्माण गरि अगाडि बढ्ने बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमालेकी सचेतक देवका पहारीले सामाजिक क्षेत्रका हरेक विषयमा अपाङ्गतामैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कुशुमबुढा मगर, राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख नितु गर्तौला, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका महिला तथा सामाजिक शाखा प्रमुख मुना अधिकारीले बोल्नु भएको थियो ।

स्वालम्बन जीवनपद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महाासचिव अन्जना केसीले गर्नुभएको थियो भने कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र परिवारले भोग्नुपरेको समस्याका विषयमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज