डिज्नील्याण्ड एकेडेमी मासबारको १८औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न
मंसिर ८, पोखरा
डिज्नील्याण्ड एकेडेमी मासबारले १८औं वार्षिकोत्सव एवम् अभिभावक दिवस साथै पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोकनाथ आचार्यले हरेक विद्यालयहरू यही वातावरणमा हुर्कन र पढ्न पाउने हो भने विद्यार्थी र शिक्षाको गुणस्तरमा परिवर्त आउने बताउनुभयो । विद्यार्थीहरूबाट आजको कार्यक्रममा देखाइएका अतिरिक्त क्रियाकलापहरुले विद्यालय र विद्यार्थीहरूको कला कौशल देखाइरहेको छ भन्दै खुसी लागेको बताउनुभयो। यही तरिकाले अगाडि बढ्ने हो भने विद्यालयले मात्र होइन विद्यार्थी भाइबहिनीहरुको जीवनस्तर र गुणस्तरमा महत्त्वपूर्ण परिवर्तन आउने बताउनुभयो।
समय र परिवेशसँगै शिक्षा नीति तथा कार्यक्रमहरु पनि परिवर्तन हुँदै गएको आजको परिवेशमा शिक्षकहरूले शिक्षण गर्ने तरिका बदलिएको छ। शिक्षकहरू कुदेमा मात्र विद्यार्थीहरू दौडने विषय राम्रोसँग बुझ्नुभएका शिक्षक साथीहरुले आजका विद्यार्थीहरूलाइ अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउन सक्षम हुने शिक्षा प्रदान गर्नु भएको बताउनुभयो।
सरकारी स्कुल र निजी स्कुलहरूमा शिक्षकहरू योग्यत उस्तैउस्तै, शिक्षण क्रियाकलाप उस्तै उस्तै भएपनि निजी स्कुलहरुले आफ्नो शैक्षिक स्तरहरु बढाउन सकेको धारणा राख्दै सरकारी स्कुलहरुले पनि यस तर्फ पनि ध्यान दिनुपर्ने बताउँदै यस किसिमको उन्नयन र प्रगति गर्न सकेका हरेक विद्यालयहरू आफू खुसी भएको र गर्न नसकेका विद्यालयहरूले पनि सिक्नुपर्ने र अगाडि बढ्नुपर्ने बताउनुभयो।
कक्षा नर्सरीदेखि कक्षा आठसम्मका भाइबहिनीहरूले विभिन्न लोक तथा बाल गीतहरूमा आफ्ना कलात्मक नृत्य प्रदर्शन गरेका थिए भने राष्ट्रिय लोकगायक तथा कलाकार पुरुषोत्तम न्यौपानेले आफूले विद्यालयमा पढ्दा हरेक पढाइलाई गीतमा ढालेर पढ्ने गरेको र ती गीतहरू अझै पनि ताजा भएको सुनाउँदै आफूले नै गाएको लोकगीत तालीको साथमा गाएर सुनाउनुभएको थियो।
विद्यालयबाट प्रत्येक वर्ष दिँदै आएको डिज्नी रत्न २०८० सम्मान असल अभिभावक, भजन मण्डली, विभिन्न लय, भाका ,झ्याउरे लगायत विभिन्न विधामा आफ्नो उत्कृष्ट प्रस्तुति गर्ने सबैलाई सम्मान गरिएको थियो। भने २०८० मा उत्कृष्ट नम्बर ल्याएका भाइबहिनी हरूलाई सम्मान सहित पुरस्कार वितरण गरिएको सो कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, वार्ड अध्यक्ष, जनप्रतिनिधि र विद्यालय को चासो राख्ने अभिभावकहरु सम उपस्थितिमा कार्यक्रम समापन भएको थियो ।