रोकिराखेको टिप्परमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

रोकिराखेको टिप्परमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

परिबर्तन न्युज
२ पुष २०८१ बजे
परिबर्तन न्युज
२ पुष २०८१

पौष २ , पोखरा

पोखरा महानगरपालिका २६ बुढिबजारमा गएराति सोमबार ग ११ प ६०५६ नम्बरको मोटरसाइकल र लु २ ख ४५२७ नम्बरको टिप्परमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

पोखरा ३३ बागमाराका २९ वर्षीय अशोक लामिछानेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उहाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय डाँडाको नाकले जानकारी दिएको छ ।

रसुवाका ३७ वर्षीय वासुदेव घिमिरे टिप्पर चालक र मोटरसाइकल दुवै सवारीलाई नियन्त्रणमा लिईएको र घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement:Ad
Advertisement:Ad

प्रहरीका अनुसार टिप्पर बिग्रिएर सडक छेउमा रोकेर मर्मत गरिरहेको अवस्थामा मोटरसाइकल पछाडिबाट आएर ठोक्किएको ले मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज