Worldlink Communications

सुर्खेत विमानस्थलबाट देउबालाई चक्मा दिँदै प्रचण्ड- अब देसमा शशांक र चन्द्र भण्डारी सँग पाट्नरसीप हुनसक्छ

माघ ११, सुर्खेत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका शशांक र चन्द्र भण्डारीसँग अब छिट्टै सत्ता सहकार्य हुनसक्ने बताउनुभयो।

हिजो (बिहीबार) सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले केहीदिन अघि चितवन विमानस्थलमा कांग्रेस नेताद्वय शशांक कोइराला र चन्द्रकान्त भण्डारीसँग भनेजस्तै गरी पाट्नरसीप हुनसक्ने बताउनुभएको हो।

प्रचण्डले आफूहरुको चाहना सरकार ढाल्ने नरहेको पनि प्रष्टपार्दै कांग्रेस–एमालेभित्र अहिले उकुसमुकुसको अवस्था रहेको बताउँदै उनले केहीगरी यो सरकार ढलिहालेको खण्डमा कांग्रेससँग सत्ता सहकार्य हुने बताउनुभएको थियो। ‘यो सरकार चलिराखेको त छैन । जबरजस्ती चलाइएको छ भन्नुभयो । हामीफेरि सरकार ढाल्नका लागि सक्रिय भूमिकामा छैनौ भन्नु भयो। हामिलाइ विपक्षीकै भूमिकामा ठीक छ भन्नुभयो यदि कथाले माग्यो भने शशांक र चन्द्रजीसँग भनेजस्तै पाट्नरसीप हुन सक्ने बताउनुभयो ।

चितवनको भरतपुर विमानस्थलमा कांग्रेस नेताद्वय कोइराला र भण्डारीसँगको भेट पूर्व निर्धारित नभएर संयोगमात्रै नभएको बताउनुभएको प्रचण्डले भने, ‘शशांक कोइराला र चन्द्र भण्डारीजी दुई जना एयरपोर्टमा भेट हुनुभयो । पत्रकार साथीहरुले सोध्नुभयो–तपाईँहरुको भेटघाट भयो, तपाईँहरुको थोरै कुरा राख्नुपर्यो भनेपछि मैले सरकारप्रति हाम्रो अहिले कुनै अभिरुची छैन यो सरकार कता जानुपर्ने हो जाओस् । हामीलाई अहिले सरकारतिर होईन, हामी अहिले जनतातिरै छौं भन्नुभयो ।

जनताको बीचमा गइराखेका छौं भनेको थिएँ । होइन केही भइहाल्यो भने के गर्नुहुन्छ भनेर शशांक र भण्डारी लाई पत्रकारले सोधेको प्रश्नमा शशांकजीले पनि राजनीति हो, जेपनि हुनसक्छ भन्दिनुभएको कुरा संयोग मात्र नभएको विश्लेषण गर्न सकिन्छ

सत्ताबाट एकदिन पनि बाहिर बस्दा छटपटिने प्रचण्डले  सरकार जन्मिँदै अप्राकृतिक र अवैध ढंगले जन्मिएकोले  धेरै लामो समय नजानेमा आफू ढुक्क रहेको पनि बताउनुभए अनुसार नै धेरै जाँदैन भन्ने सुरुदेखि नै थाहा थियो, जाँदैन पनि । हाम्रो रुचि फेरि सरकार तिर  छैन भन्नुभयो।

यो सरकार धेरै समयसम्म जाने सरकार चाहीँ होईन । किनभने यो लोकतान्त्रिक मान्यताविपरीत पनि छ । संविधान विपरीत पनि छ र जनताको भावना विपरीत पनि छ ।’ प्रचण्डले भने, ‘त्यसकारण यो धेरै जाँदैन भनेर मैले सुरुदेखि भनिराखेको छु । अहिलेपनि देखि राख्नु भएको छ, तपाईँहरुले नेपाली कांग्रेसका धेरै नेता सार्वजनिक रुपमा बोलिराख्नु भएको छ ।

नेपाली कांग्रेस पार्टीभित्र पनि थुप्रै असन्तुष्टि र निकै ठूलो उकुस मुकुस भएको कुरा सार्वजनिक रुपमा बाहिर आइराखेकै छ । विभिन्न आरोप प्रत्यारोपमा कारबाहीको प्रक्रिया पनि चलिराखेको हुनाले सधैंभरि जनतालाई दुःख दिइराख्नु भ न्दा जनताको सरकार बन्नुपर्छ त्यो भनेको चन्द्र भण्डारी सशांक कोइराला हरूसँग मिलेर जानुको विकल्प नभएको प्रचण्डले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: