सांगीतिक विरासत फर्काउन आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ हुने, ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने

सांगीतिक विरासत फर्काउन आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ हुने, ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने

परिबर्तन न्युज
२४ माघ २०८१ बजे
परिबर्तन न्युज
२४ माघ २०८१

माघ २४, पोखरा

सांगीतिक विरासत फर्काउन पोखरामा आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

Advertisement:Ad
Advertisement:Ad

नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिनेछन् । कार्यक्रम संयोजक श्रेष्ठका अनुसार शनिबार कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ) गुञ्जिनेछन् । कार्यक्रम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने उनले बताए ।

व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित हुने आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । कुनैबेला पोखरा व्याण्डहरुको राजधानी थियो । ९० को दशकमा पोखराका व्याण्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,उनले भने,‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर फेरी एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यहि विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’

Advertisement:Ad
Advertisement:Ad

सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नुपनि कार्यक्रमको उद्देश्य हो ।’

कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्नेछन् । गण्डकी प्रज्ञा प्रष्ठिानका उपकुलपती गोरे गुरुङले ब्याक टु नाईन्टिज कार्यक्रममार्फत विश्वको ध्यान फेरी एकपटक पोखरामा तानिने बताए । उनले भने,‘नब्बेको दशकमा हुर्किएको समयसँग आफूलाई फर्काएर पुनः प्रेमी, प्रेमिका, श्रीमान, श्रीमतीसँगको माया प्रगाढ बनाउने अवसर यस कार्यक्रमले सिर्जना गर्नेछ । आफ्नो समयबारे आफ्ना सन्ततीलाई बताउने अवसरपनि यसले सिर्जना गर्नेछ ।’

कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले पोखराको सांगीतिक आकाश फराकिलो बनाउन कार्यक्रमले सघाउने बताए । यसले पर्यटनको राजधानी पोखराको रिब्राण्डिङ गर्ने उनको भनाई छ । पर्यटन भनेको नेचर, कल्चर र एडभेञ्चर हो,उनले भने,‘कल्चरको मुख्य पाटो गीत, संगीत हो । अर्थात गीत, संगीत बिनाको पर्यटन सोंच्नपनि सकिदैन । त्यसैले पोखरा पर्यटनको राजधानी हो भने गीत, संगीतलाई सँगै लैजान जरुरी छ ।’ हरेक बेलुका पर्यटकहरु गीत, संगीतमा झुम्मिने गरेकाले उनीहरुलाई आकर्षित गर्नपनि गीत, संगीतको विकास र प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ ।

कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)को प्रस्तुतीमा हुने कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य रहेको छ भने पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहेको छ ।

ब्याण्डका भोकलिष्टहरु भन्छन:- कार्यक्रमलाई लिएर हामी उत्साहित छौं

‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमलाई लिएर व्याण्डहरुले आफूहरु उत्साहित रहेको बताएका छन् । ब्याण्डका भोकलिष्टहरुले नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको सांगीतिक विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित हुने बताएका हुन् । कार्यक्रममा बोल्दै कन्दरा व्याण्डका विवेक श्रेष्ठले नब्बेको दशक व्याण्डहरुको स्वर्णिम काल रहेको बताए । उनले भने,‘त्यहि स्वर्णिम काल फर्काउन यो कार्यक्रम कोशेढुंगा सावित हुनेछ ।’ त्यसबेला उदाएका आफूहरु अहिलेपनि निरन्तर कला र संगीतको क्षेत्रमा लागिपरेको उनको भनाई छ । कार्यक्रममा कन्दराले तगारोमा रुमाल राखी, तिमी पारी र लेककी हे माया गीतहरु गुञ्जाउनेछ ।

मध्याह्न व्याण्डका कर्ण दासले कलाकारिताको माध्यमबाट देश र समाजका लागि योगदान दिने प्रयास आज पर्यन्त गरिरहेको बताए । हामी बिचमा अल्मलिएका मात्रै हौं,उनले भने,‘तर कलाकारिता नै छाडेर हिंडेका छैनौं । निरन्तर अहिलेपनि त्यसैका लागि मरिमेटेर लागिरहेका छौं । नब्बेको दशकमा उदाएर कालजयी गीत पस्केको मध्याह्नले शनिबार आफ्नो चर्चित गीतहरु जिन्दगीको के भरोसा र मन मनै मन पराई सकेछु गीत प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज