Worldlink Communications

पोखरा पर्यटन वर्ष २०२५ घोषणा सभा भैरहेको समयमा अचानक बेलुन पड्किँदा अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र मेयर धनराज आचार्य घाइते

फागुन ३ पोखरा

पोखरा पर्यटन वर्ष २०२५ घोषणा सभा भैरहेको समयमा अचानक बेलुन पड्किँदा अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र मेयर धनराज आचार्य घाइते हुनुभएको छ।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरूले जानकारी दिनुभए अनुसार कार्यक्रमका प्रमुख अथिति अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले स्विच थिचेर बत्ती बालेर बेलुन उडाउन लागेको समयमा बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जनालाई सामान्य चोट लागेको थियो।

बेलुनहरु नजिकै राखेको र त्यसको तातोका कारण बेलुन पड्केका हुनसक्ने बताइएको छ। मन्त्री पौडेलको कोटमा अलिकति आगोको झिल्को लागेको छ भने मेयर धनराज आचार्यको गालामा आगोको झिल्काले सामान्य पोलेको छ । उहाँहरु दुबै जनालाई उपचारको लागि तत्कालै अस्पताल लगिएको छ ।

https://www.facebook.com/share/v/15mxbzBDE8/

प्रतिक्रिया दिनुहोस्: