विपद व्यवस्थापन समिति पोखरा-१९ द्वारा शुभकामना तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

विपद व्यवस्थापन समिति पोखरा-१९ द्वारा शुभकामना तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
३० चैत्र २०८१ बजे
परिबर्तन न्युज
३० चैत्र २०८१

चैत्र ३०, पोखरा

नेपाल रेडक्रस सोसाइटी पोखरा-१९ उपशाखाको विपद व्यवस्थापन राहत अक्षय कोष समितिले नयावर्ष २०८२ सालको शुभअवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

नेपाल रेडक्रस सोसाइटी विपत् व्यवस्थापन समितिका अध्यक्ष सविन जिसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गर्नुभएको थियो।

प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले नयाँ वर्ष नयाँ जोश जाँगरका साथ नयाँ ढङ्गले अगाडि बढ्ने सबैलाई प्रेरणा मिलोस् भन्दै नयाँ वर्षको भित्ते पात्रो सबैलाई वितरण गर्ने वातावरण सिर्जना गर्दै समाजमा हरेकले राम्रा कामहरूको मात्र चर्चा गरिने यस परिवेशमा अबदेखि विगतमा गरिएका नराम्रा कामहरुलाई भुल्दै अब आगामी दिनमा राम्रा काम गर्नको लागि सबैलाई राम्रो काम गर्न सुझाउनुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

नवादर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारीले रेडक्रसले विपदमा परेका हरूको लागि सहयोग गर्ने संस्था भएको हुनाले यस संस्थाले साँच्चिकै विपदमा परेकाहरूको लागि सहयोग गर्छ भन्ने विश्वासका साथ धेरै साथीहरू विशिष्ट सदस्य बनिसक्नु भएको र अझै बन्न चाहनेहरूको लागि पनि ढोका खुला गर्नुभएको यो परिवेशमा सबैले आफ्नो ठाउँबाट विपदमा परेकाहरूको लागि सहयोग गर्न पाउँदा खुसी हुने मन सिर्जना गर्नुपर्ने बताउनुभयो।

कार्यक्रमको समापन गर्दै विपत् समितिका अध्यक्ष सविन जिसीले हरेक वर्ष समाजले आफ्नो भित्ताको पात्रोलाइ फेरेझैँ देशको विकासको मोडेल पनि फेर्दै गएमा सबैको जनस्तर मौलाउँदै जाने वातावरण बनेमा हरेक मानिसहरूको जीवनस्तर उठ्ने विश्वास व्यक्त गर्नुभयो । देश को बिकाश विकास ठप्प भएको समयमा सबैले देश र जनताको स्तर उठाउनको लागि नयाँ सोच विचारका साथ बनाइएको यो भित्तेपात्रो जस्तै नयाँ वर्षले सबैलाई सद्बुद्धि दियोस् नराम्रा कामहरु गरिएको भए परिवर्तनको लागि दिमाग पनि फेरियोस् भन्नुभयो ।

कार्यक्रममा पोखरा १९ मा रहेका विभिन्न संघसंस्थाका अध्यक्षहरू विभिन्न आमा समूहका प्रतिनिधिहरू टोल सुधार समितिका सदस्य हरूको उपस्थितिमा भएको सो कार्यक्रम गोविन्द काफ्लेले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज