रास्वपा को महामन्त्री मुकुल ढकाल नै भएको जानकारी- निर्वाचन आयोग

रास्वपा को महामन्त्री मुकुल ढकाल नै भएको जानकारी- निर्वाचन आयोग

परिबर्तन न्युज
६ असार २०८२ बजे
परिबर्तन न्युज
६ असार २०८२

असार ६ ,काठमाडौं

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री मुकुल ढकाल नै भएको बताएको छ।

Advertisement:Ad
Advertisement:Ad

रास्वपाले गत वर्ष ढकाल महामन्त्री तथा प्रवक्ताबाट हटाएको भएपनि निर्वाचन आयोगले रास्वपा महामन्त्री ढकाल नै भएको जनाएको हो। आयोगले रास्वपाको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर १५ महिना अघि भएको र त्यसपछि हालसम्म अद्यावधिक भएको अभिलेखमा देखिएको नदेखिएको हुनाले मुकुल ढकाल नै भएको जानकारी दिएको हो।

कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएको जानकारी माग्दा जवाफमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक अभिलेखमा नदेखिए अनुसार ढकाल रास्वपाको महामन्त्रीमा कायमै रहेको देखिन्छ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज