शुक्ला साहित्य प्रतिष्ठान पोखरा-१६ ले यस वर्ष पनि राष्ट्रिय भजन प्रतियाेगिता गर्दै

असार ८, पोखरा
शुक्ला साहित्य प्रतिष्ठान पोखरा १६ ले सधैँका झैँ यस वर्ष पनि कृष्ण जन्माष्ठमिको दिन ऐतिहासिक बाटुलेचाैर मैदानमा कृष्ण भजन प्रतियाेगिता गर्ने भएको छ।
पाेखराको मुटुमा रहेर भाषा, कला, साहित्य र संस्कृतिकाे उत्थानमा निरन्तर कृयाशील रहेकाे साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचाैरले आफ्नाे वार्षिक कार्ययाेजना अन्तर्गत यस वर्ष पनि श्रीकृष्ण भजन प्रतियाेगिता आयाेजन गर्ने भएको छ।
शुक्ला साहित्य प्रतिष्ठानले श्रावण ३१ गते कृष्ण जन्माष्ठमिका दिन ऐतिहासिक मैदान बाटुलेचाैरमा खुला कृष्ण भजन प्रतियाेगिता गर्ने भएकाे कुरा प्रतिष्ठानका सचिव राम प्रसाद पाैडेलले जानकारी दिनुभयो।
शुक्ला साहित्य प्रतिष्ठान विगत २५ वर्षदेखि हरेक वर्ष कृष्ण जन्माष्टमीको दिन राष्ट्रव्यापी रुपमै जन्माष्ठमी बिशेष राष्ट्रिय श्रीकृष्ण भजन प्रतियाेगिता आयाेजन गर्दै आइरहेकाे छ र यस वर्ष पनि सुक्ला साहित्य प्रतिष्ठानले २६ औ संस्करणको कृष्ण भजन प्रतियोगिता आयाेजन गर्ने भएकाे हाे।
कृष्ण भजन प्रतियाेगिता आयाेजनका लागि संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतकाे मूल संयाेजकत्वमा आयाेजना हुन लागेको र समितिमा आवश्यक विभिन्न उपसमितिहरु गठन गरेर प्रतिष्ठान प्रतियाेगितालाई भव्य सभ्य रूपमा सम्पन्न गर्दै कार्यक्रमलाई अझै व्यापक बनाउनको लागि शुक्ला साहित्य प्रतिष्ठानलाई आफ्नो प्रतिष्ठान सम्झिने सम्पूर्ण व्यक्तित्वहरु लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति सहित आवश्यक तयारीको लागि जुटेकाे संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतले जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतले यस पटक प्रतियाेगितामा देशका विभिन्न ठाउँका भजन समिति र नियमित प्रतियाेगीहरु समूहहरु संगै विध्यालयका विधार्थी टिमहरुलाई पनि सहभागिताकाे लागि आह्वान गरिने छ जसले गर्दा नयाँ पुस्तामा लाेक संस्कृति र भजन प्रतिकाे अभिरुचिलाई थप उर्जा प्रदान गर्ने छ भन्दै प्रतिष्ठानले सकेसम्म बढी विधालय टिमहरुलाई पनि प्रतियाेगितामा सहभागिता काे लागि आह्वान गरिएकाे बताउनुभयो।
“जहा संस्कृति त्यहाँ साहित्य” भन्ने नाराका साथ जन्माष्ठमी विशेष श्रीकृष्ण भजन प्रतियाेगिता आयाेजन गर्दै आएकाे कुरा गर्दै प्रतिष्ठानका उपाध्यक्ष दीपेन्द्र बानियाँले यस पटक प्रतियाेगितामा कथाकाे विषय वस्तु एवं भजन रचनाशैलीलाई विशेष ध्यान दिइने र प्रतियाेगी टिमले आ-आफ्ना भजन रचनाहरु २०८२ श्रावण २७ गते अपरान्ह ४ बजेसम्म समूह दर्ता संगसंगै आफूले गाइने भजनकाे प्रतिलिप पनि बुझाउनु पर्ने बताउनुभयो ।
शुक्ला साहित्य प्रतिष्ठानले श्रावण ३१ गते आयोजना गरेको कृष्ण भजन प्रतियोगिताको दर्ता शुल्क रु ३ हजार तय गरिएको र पुरस्कारकाे हकमा प्रथम पुरस्कार रु १ लाख, द्वितीय पुरस्कार रु ७५ हजार, तृतीय पुरस्कार रु ५० हजार, सान्त्वना पुरस्कार रु २५ हजार र प्रत्येक सहभागी टिमलाई सहभागिता स्वरुप रु ५ हजारका दरले प्रदान गरिने संस्थाका वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले बताउनुभयो ।