Top Header Ad 1
Top Header Ad 2

रसुवाको नेपाल–चीन जोडने मितेरी पुल बाढीले बगायो

रसुवाको नेपाल–चीन जोडने मितेरी पुल बाढीले बगायो

परिबर्तन न्युज
२४ असार २०८२ बजे
परिबर्तन न्युज
२४ असार २०८२

असार २४, पोखरा

हिजो परेको अविरल वर्षाको कारणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको छ ।

पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले अहिलेसम्म मानवीय क्षति भएको पुष्टि भइसकेको छैन ।बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेको छ भने ।

जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।मैलुङ प्रहरी चौकीका प्रहरीहरु जोखिमका कारण सुरक्षित स्थानमा गएको उहाले बताउनु भयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज