Top Header Ad 1
Top Header Ad 2

पोखरा लेडी जेसिजको आयोजनामा तालिम सम्पन्न

पोखरा लेडी जेसिजको आयोजनामा तालिम सम्पन्न

परिबर्तन न्युज
२४ पुष २०८२ बजे
परिबर्तन न्युज
२४ पुष २०८२

पौष २४, पोखरा

पोखरा लेडी जेसिजले नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई व्यक्तित्व विकास सम्वन्धि तालिम दिएको छ।

वर्ष २०२६ का लागि चयन भएको कार्यसमितिलाई आत्मविश्वासी र नेतृत्व तहमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताईएको छ । तालिमको उद्घाटन गर्दै नेपाल तथा साउथ एसियाका पूर्व जनरल डाइरेक्टर, नेपाल जेसिजका पूर्व अध्यक्ष तथा जेसिआई सिनेटर चाँदनी जोशीले महिलाहरू आत्मविश्वासी र सक्षम भए मात्र समाज समृद्ध बन्ने धारणा व्यक्त गर्नुभयो ।

तालिमका प्रमुख प्रशिक्षक पोखरा लेडी जेसिजकी पूर्व अध्यक्ष मिनु कुँवर श्रेष्ठले नेतृत्व र व्यक्तित्व विकास एक–अर्काका पूरक भएको बताउनुभयो । अर्का प्रशिक्षक सौन्दर्यविद् चिनु गुरुङले व्यक्तित्व विकासमा बाह्य प्रस्तुति र आत्मसम्मानको भूमिकाबारे व्यवहारिक प्रशिक्षण दिनुभएको थियो।पोखरा लेडी जेसिजका अध्यक्ष सुनिता गौतम भण्डारीका अनुसार पोखरा लेडी जेसिजले सधैं महिला सशक्तिकरणलाई आफ्नो मूल एजेन्डा बनाउँदै आएको छ।

पोखरा जेसिजका अध्यक्ष जेसि सुमन पहारी लगायतका पूर्व अध्यक्षहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले आ आफ्ना अनुभवहरु सुनाएका थिए । तालिमले सहभागीहरूमा नयाँ ऊर्जा र दृष्टिकोण थपेको कोषाध्यक्ष जेसी रेजिना कटुवालले बताउनुभयो। तालिममा जेसिज सदस्यसहित करिब ६० जना महिलाको सहभागिता रहेको थियो।

कार्यक्रमको अवसरमा नेतृत्व कला, आत्मप्रस्तुति, सकारात्मक सोच, व्यवहारिक शिष्टाचार तथा व्यक्तित्व निर्माणका विविध पक्षहरूमा गहन छलफल र अभ्यास गराइएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज