Top Header Ad 1
Top Header Ad 2

कुलमान घिसिङ र रवि लामिछानेको पार्टी मिलन पछिको बिछोडले निम्त्याएका राजनीतिक तरंग

कुलमान घिसिङ र रवि लामिछानेको पार्टी मिलन पछिको बिछोडले निम्त्याएका राजनीतिक तरंग

पर्वतारोहण र पदयात्रामा गएका ४ जना पर्यटकको मृत्यु

परिबर्तन न्युज
२७ पुष २०८२ बजे
परिबर्तन न्युज
२७ पुष २०८२

पौष २७, काठमाडौं

नयाँ राजनीतिक शक्तिको रूपमा जनअपेक्षा बोक्दै अघि बढ्ने दाबी गरेका कुलमान घिसिङ नेतृत्वको राष्ट्रिय उज्यालो पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी बीचको मिलन धेरैले ‘वैकल्पिक राजनीतितर्फको निर्णायक मोड’ ठानेका थिए। तर त्यो मिलन टिक्न सकेन।

छोटो समयमै भएको मिलन र छुट्टै समयमा भएको बिछोडले नेपाली राजनीतिमा केवल दुई दललाई मात्र होइन, वैकल्पिक राजनीतिमाथि विश्वास राख्ने ठूलो तप्कालाई नै प्रश्नको घेरामा ल्याइदिएको छ।

दुवै दलको साझा नारा थियो– पुराना दल, पुरानै शैली; अब नयाँ राजनीति।कुलमान घिसिङको प्रशासनिक छवि, ऊर्जा क्षेत्रमा देखिएको कडाइ र परिणाममुखी कार्यशैली तथा रवि लामिछानेको जनसम्पर्क, मिडिया प्रभाव र आक्रोशित युवापंक्तिको समर्थनले एकअर्कालाई पूरक बनाउने अपेक्षा गरिएको थियो। यही कारण, दुवै दलको मिलनलाई ‘सैद्धान्तिकभन्दा व्यवहारिक गठजोड’ को रूपमा हेरिएको थियो।

मिलन टिक्न नसक्नुका कारण सतहमै देखिने विवादभन्दा गहिरा राजनीतिक र मनोवैज्ञानिक छन्।रास्वपा भित्र रवि लामिछाने निर्विवाद केन्द्रीय पात्र हुन्। उता उज्यालो पार्टीमा कुलमान घिसिङ केवल नेता होइनन्, पार्टीको पहिचान नै हुन्। मिलनपछि पनि दुवैको राजनीतिक ‘कद’ घट्न नसक्ने अवस्था रह्यो। निर्णय प्रक्रियामा कसको आवाज अन्तिम हुने भन्ने प्रश्नले अविश्वास बढायो।

उज्यालो पार्टी पक्षले मिलनपछि सम्मानजनक स्थान, संगठनमा प्रभावकारी भूमिका र भावी उम्मेदवारीमा सुनिश्चितता खोज्यो। रास्वपा भने आफ्नै स्थापित संरचना, चिन्ह र ब्रान्डलाई कमजोर पार्ने कुनै सम्झौतामा जान चाहेन। यहीँबाट साझेदारी होइन, अधिग्रहण जस्तो अनुभूति पैदा भयो।

दुवै दल पुराना दलको आलोचक भए पनि, मिलन प्रक्रियामा देखिएको शक्ति हिसाब–किताब, पदको मोलतोल र सर्त–प्रतिसर्तले नयाँ राजनीतिको दाबी आफैं कमजोर बनायो। सार्वजनिक रूपमा पारदर्शिता र भित्रभित्रैको असन्तोषबीच ठूलो दूरी देखियो।

रास्वपा र उज्यालो नेपाल जसरी मिलेका थिए त्यो सम्बन्ध टाडिएपछि वैकल्पिक राजनीतिमाथि गहिरो शंका जन्माएर गयो आखिर “नयाँ दल पनि अन्ततः उही रहेछन्” भन्ने धारणा बलियो बनाएको छ। विशेषगरी युवा र निराश मतदातामा निराशा र राजनीतिक थकान बढ्ने जोखिम देखिएको छ।

मत विभाजनको स्पष्ट खतरा मिलनले एकीकृत मत खडा गर्ने अपेक्षा गरिएको थियो। बिछोडले भने वैकल्पिक धारकै मत फुट्ने अवस्था सिर्जना गरेको छ, जसको प्रत्यक्ष फाइदा परम्परागत दलहरूले उठाउने सम्भावना सहजै बुझ्न सकिन्छ।

नेतृत्वको छविमा क्षति रवि लामिछानेमाथि समावेशी नेतृत्व गर्न नसकेको आरोप चर्किएको छ भने, कुलमान घिसिङमाथि राजनीतिक लचकता कम भएको टिप्पणी सुरु भएको छ। दुवैका समर्थकबीचसमेत प्रश्न उठ्न थालेका छ जसले गर्दा नयाँप्रति जुन आशा भरोसा थियो त्यो टुटेको छ।

यसबाट राजनीतिक सन्देश एउटा स्पष्टसँग छुट्याउन सकिन्छ, देश र राजनीति फरक कुरा रहेछन् राजनीति र देस  चल्नको लागि प्रशासनिक सफलताले मात्र चल्दो रहेनछ  अनि सस्तो लोकप्रियताले मात्र संगठन टिक्दो रहेनछ भन्ने विषय उजगार गरिदिएको छ।राजनीतिमा मिलन टिकाउन विचार, संरचना, अहं र विश्वासबीच सन्तुलन आवश्यक पर्छ, जुन यो केसमा स्थापित हुन सकेन।

निष्कर्षमा भन्नुपर्दा कुलमान घिसिङ र रवि लामिछानेको मिलन–बिछोड केवल दुई व्यक्तिको दूरी होइन, वैकल्पिक राजनीतिले भोग्नुपर्ने बालरोगको उदाहरण हो। यो बिछोडले नयाँ शक्तिलाई अझ परिपक्व बन्न चेतावनी सगै सिकाई र सचिने राम्रो मौका दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज