बैशाख १, पोखरा
भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चको आयोजनामा क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा समाजसेवी तथा अक्षयकोष दाता जितबहादुर थापालाई “हिकमत मोहन अक्षय कोष”मा १ लाख ११ हजार १११ रुपैयाँ योगदान गरेकोमा विशेष सम्मान गरिएको थियो। यस्तै, मृगौला रोगबाट पीडित हेमबहादुर रानालाई ७ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको मञ्चले जनाएको छ।
कार्यक्रमका अध्यक्ष हरिबहादुर बरुवालले मञ्चले शिक्षा, सामाजिक उत्तरदायित्व र मानवीय सहयोगका क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले आपसी सम्बन्ध सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम सञ्चालन संस्थाका सचिव भीम गायकले गर्नुभएको थियो। कार्यक्रममा विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरू, स्थानीय बुद्धिजीवी तथा विभिन्न क्षेत्रमा स्थापित लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाजसेवा, आपसी सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम क्यालेण्डर विमोचनसँगै शुभकामना आदानप्रदान गर्दै सम्पन्न गरिएको थियो।








प्रतिक्रिया