Top Header Ad 1

गण्डकीमा मन्त्रिमण्डल हेरफेर : आजै शपथ, कांग्रेस–एमालेबीच ५-४ को भागबन्डा

गण्डकीमा मन्त्रिमण्डल हेरफेर : आजै शपथ, कांग्रेस–एमालेबीच ५-४ को भागबन्डा

परिबर्तन न्युज
२ बैशाख २०८३ बजे
परिबर्तन न्युज
२ बैशाख २०८३

बैशाख २,पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले मन्त्रिमण्डल हेरफेर तथा विस्तार गर्ने तयारी गरेका छन्। नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि आज पौने १२ बजे प्रदेश प्रमुखको कार्यालयबाट आह्वान गरिएको छ।

Advertisement:Ad
Advertisement:Ad

सत्ता गठबन्धनअन्तर्गत मन्त्रिमण्डलमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा टुंगिएको छ। ९ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय पाउने सहमति भएको स्रोतले जनाएको छ।

एमालेबाट गोविन्द नेपाली, भीम कार्की, लक्ष्मण पाण्डे र यशोदा रिमाल मन्त्री बन्ने सूचीमा छन्। यस्तै, नेपाली कांग्रेसबाट नन्दप्रसाद न्यौपाने, जीत शेरचन, रेखा गुरुङ र नम्डु गुरुङको नाम तय भएको बताइएको छ।

स्रोतका अनुसार एमालेका गोविन्द नेपालीलाई भौतिक पूर्वाधार मन्त्रालय र कांग्रेसका जीत शेरचनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। अन्य मन्त्रालयको टुंगो भने शपथलगत्तै लगाइने जनाइएको छ।

मन्त्रिमण्डल पुनर्गठनसँगै प्रदेश सरकारलाई थप प्रभावकारी र गतिशील बनाउने मुख्यमन्त्री पाण्डेको तयारी रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज