वैशाख २, पोखरा
गण्डकी प्रदेश बाग्लुङ जिल्ला २ (ख) बाट विजयी हुनुभएका सांसद दोर्ण कुमार कुँवरले बुधबार सांसद पदबाटै राजीनामा दिनुभएको छ।
प्राप्त समाचार अनुसार गण्डकी प्रदेश सरकारमा बुधबार मन्त्रि परिषद हेरफेर हुँदा कुँवर पनि मन्त्री बन्ने प्रयासमा हुनुहुन्थ्यो तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले उहालाई मन्त्री बनाउन नमानेपछि उहाले सासद पद बाटै राजीनामा दिनुभएको जानकारी प्राप्त भएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित सांसद कुँवरले मन्त्री बन्न नपाएको झोंकमा राजीनामा दिनुभएको भएपनि रिसको झोंकमा दिएको राजीनामा फिर्ता गर्न सक्ने नेपाली कांग्रेस पार्टी स्रोतले बताएको छ।
गण्डकी प्रदेशसभाको २०७९ भएको निर्वाचनबाट कुँवर बागलुङ २ (ख) बाट सांसद निर्वाचित हुनभएको थियो। उहाँ गण्डकी प्रदेशमा बुधबार नेपाली कांग्रेस र नेकपा एमालेको सहमति अनुसार मुख्यमन्त्री बाहेक सबै मन्त्री हेरफेर गरिएको हो।








प्रतिक्रिया