Top Header Ad 1

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्यो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्यो

परिबर्तन न्युज
३ बैशाख २०८३ बजे
परिबर्तन न्युज
३ बैशाख २०८३

वैशाख ३,काठमाडौं

नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको भारी रूपमा मूल्यवृद्धि गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

निगमले गए रातिबाट लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरेको जनाएको छ भने पेट्रोलको मूल्य भने यथावतै राखेको छ।

डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ।परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसन ले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिकघाटा रहेको निगमको दाबी छ।

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ। पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज