Top Header Ad 1

जय गणेश बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवसमा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

जय गणेश बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवसमा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
४ बैशाख २०८३ बजे
परिबर्तन न्युज
४ बैशाख २०८३

बैशाख ४,पोखरा

जय गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

Advertisement:Ad
Advertisement:Ad

स्थापना दिवसको अवसरमा क्यालेन्डर विमोचन गरिएको छ भने संस्थापक अध्यक्ष स्व. रामबहादुर श्रेष्ठको तस्वीरमा उपस्थित सबैले फुलपातीले माल्यार्पण गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन अध्यक्ष पदमा राना सहित पदाधिकारी तथा विभिन्न उपसमितिका संयोजकहरूको संयुक्त उपस्थितिमा पानसमा बत्ती बालेर तथा केक काटेर गरिएको थियो।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका पदमा रानाले संस्थाले १६ वर्ष लाग्दै गर्दा सस्था ‘जवान’ अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै यसको नेतृत्व गर्ने अवसर पाएकोमा गर्व व्यक्त गर्नुभयो। उहाँले संस्था यहाँसम्म आइपुग्नुमा व्यक्तिगत भन्दा सामूहिक योगदान महत्वपूर्ण रहेको भन्दै सबैको साथ, सहयोग र सहकार्यबाट मात्र संस्था अझ सुदृढ रूपमा अगाडि बढ्ने धारणा राख्नुभयो।

त्यस्तैगरी संस्थाका संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष तथा सल्लाहकार सबिन जिसीले सहकारीको दिगो विकासका लागि नीति, नियम र कानुनको पूर्ण पालना आवश्यक रहेको बताउनुभयो। उहाँले सस्थाका व्यवस्थापक, कर्मचारी र समिति सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेमा संस्था अझ मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी लेखा समितिका सदस्य निरञ्जन थापा तथा नीति तथा योजना तर्जुमा उपसमितिका संयोजक बलबहादुर श्रेष्ठले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

समितिका सम्पूर्ण सदस्य एवं उपसमितिका संयोजक तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय गान गाएर औपचारिक सुरुआत गरिएको थियो।कार्यक्रममा सहकारीका सात सिद्धान्त शिक्षा उपसमितिका संयोजक तथा संस्थाका कोषाध्यक्ष शिवप्रसाद पौडेलले वाचन गर्नुभएको थियो।भने कार्यक्रम संस्थाका सचिव प्रकाश अधिकारीले  भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज